सुनिल चौधरी
झुम्का,अशोज ५ । रामधुनीको झुम्का स्थित रहेको सुबिधा सम्पन्न थ्रीडी म्याजिक सिनेमाहलले बिहिवार झुम्का नामाकरणको बृत चित्र प्रदर्शन गर्दै आफनो पहिलो बार्षिक उत्सव मनाएको छ । झुम्काको नाम हिन्दि फिलम “मेरा साया”को बरैलीके बजारमे झुम्का गिरारे को गीतबाट उच्चारण भएर रह्न गएको सो बृत चित्रमा रहेको छ ।
झुम्का नामाकरण हुनु भन्दा पहिले बनिगमा धाति नामले चिनिनिन्थ्यो । थारु समुदायले एकादशीमा मनोरञ्जनकालागी ल्याएको नाच तथा नौटंकीमा एकजना नृत्य गर्नेले सो गीतमा गाउदै नृत्य गर्दा सबैले मनपराएर झुम्का गीरारे भन्दा भन्दै नामाकरण भएको बृत चित्रमा समावेस रहेको छ ।


मनोरञ्जनकालागी ४ करोडको लगानीमा निर्माण गरीएको म्याजि सिनेमा थ्रिडि मल्टिप्लेक्स झुम्कामा दर्शकले गर्मि र बस्न सकस भएर चलचित्र हेर्नु भन्दा सजिलो अरामदायी संगले यस सिनेमा हलमा मनोरंजन लिन सकिने छ । रामधुनीभासि ५ स्थित झुम्का बजारको साईराम मार्केटमा रहेको म्याजि सिनेमामा बिहान ९ बजे, १२ बजे, ३ बजे र साँझ ६ बजेको शोमा फिलम हेर्न सक्ने जनाएको । दर्शकहरुलाई मध्यनजर गर्दै यस हलमा बिशेष सुबिधा सहित सञ्चालन हुने सिनेमाहलका महाप्रबन्धक पर्शुराम चौधरीले जनाएको छ । चौधरीका अनुसार डल्बि डिजिटल साउन्ड सिस्टम पिक्चर क्वालिटी भएको साथ फुलऐसि,फराकिलो आरामदायी सिट भएको बिशेष सुबिधारहेको बताउनु भयो । यस सिनेमा हलमा तल्लो श्रेणिमा र माथि बाल्कोनी गरी एक सय पचासओटा आरामदायी सिट रहेको छ ।
म्याजिक सिनेमाहलको संरक्षक मुनरलाल चौधरीको सभापतित्वमा भएको उत्सवमा प्रमुख अतिथी नगर प्रमुख जय प्रकास चौधरी रहनु भएको थियो । नगर प्रमुख चौधरीले म्याजिक सिनेमाहलले रामधुनीलाई सहरको अनुभुति दिलाएको बताउनु भयो । थारु महिलाहरुले पहिले पहिले नृत्य गर्दा समुदायले नाकारात्मक दृष्टिले हेर्ने गरेका कारण अहिले थारु समुदाय सबै पक्षबाट पछाडि परेको भन्दै अबका दिनमा महिलाको नृत्य कला,फिलममा अभिनय गर्ने,सभा सम्मेलनमा सहभागी हुने महिलााहरुरलाई समाजलले साकारात्मक दृष्टिले हेनुपर्ने माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज रामकुमारी चौधरीले मन्तब्य राख्दै सुझाव दिईन् ।
कार्यक्रममा नगर उप प्रमुख सबिना चौधरीले सञ्चारकर्मी तथा कलाकारहरुलेनै सुचना सञ्चारको दृष्टिले रामधुनी नगर फडको मारिरहेकाले अझै बिकासकालागी अगाडि बढनु पर्ने सुझाव दिनुभयो । कार्यक्रममा ईलाका प्रहरी पकली ईन्चार्ज शान्तराम कार्किले मन्तब्य राख्दै चाडवर्पमा अपराधिक घटना हुन नदिन सबै नगरवासीहरुलाई सचेत गराए ।
म्याजिक सिनेमाहलमा सबैभन्दा बढि हेर्ने दर्शकशरुलाई टि सर्टले पुरस्कृत गरीएको छ । त्यसैगरी बिभिन्न पक्षबाट सहयोग गरेकाहरुलाई र सिनेमाहल निर्माणका क्रम्ममा सहयोग गर्नेहरुलाई समेत सम्मान गरेको जनाएको छ । सिनेमाहललाई अझै ब्यवस्थित रुपले सञ्चालन गर्ने र दर्शकलाई सुबिधाहरु बढाउने संचालक चौधरीले बताए । चौधरी सञ्चार र फिलम क्षेत्रमा लामो समय देखि आबद्ध रहनु भएको छ ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen