सुनिल चौधरी
झुम्का, अशोज ४ । रामधुनी नगरपालीकाले प्रथम नगरसभाबाट बुधवार आ.ब. २०७४÷७५ कालागी ४७ करोड २२ लाख ८ हजार बजेट र निति तथा कार्यक्रम सार्वजानिक गरेको छ । झण्डै २० बर्षपछि भएको स्थानीय तहको निर्वाचन पश्चात नव निर्वाचित पदाधिकारीबाट विषयगत र क्षेत्रगत नीति, कार्यक्रम र बजेट तर्जुमा गर्दै सभाबाट नगर प्रमुख जय प्रकास चौधरीले प्रस्तुत गर्नु भएको हो ।
नगर प्रमुख चौधरीले बजेट प्रस्तुत गर्दै पुजीगत खर्च तर्फ कृषी र पशु कार्यक्रमहरुकोलागि १ करोड १४ लाख ९५ हजार, गैह्र कृषीमा आधारित कार्यक्रमहरुकोलागि १५ लाख ३६ हजार समेत गरि आर्थिक विकास अन्तरगत तर्फ रु. १ करोड ३० लाख ३१ हजार विनियोजन गरिएको छ । त्यस्तै शिक्षा तर्फ ८ करोड ०४ लाख ७२ हजार, स्वास्थ्य तर्फ १ करोड ८१ लख ४५ हजार,सामाजिक पुर्वाधार तर्फ ४ करोड ८४ लाख १० हजार र लक्षित वर्गहरुकोलागि महिला लक्षित वर्ग ५१ लख ४६ हजार, बालबालिका लक्षित वर्गकोलागि ६८ लाख ४७ हजार, आदिवासी जनजाती लक्षित वर्गकोलागि रु. ३१ लख ८७ हजार,पिछडा लक्षित वर्गकोलागि रु. १३ लाख ९०हजार, दलित लक्षित वर्गकोलागि रु. १२ लाख ६१ हजार, जेष्ठ नागरिक लक्षित वर्गकोलागि १५लाख ७७ हजार, अपांग लक्षित वर्गकोलागि रु १३ लाख २८ हजार र युवा तथा खेलकुद विकासकोलागि रु. १९ लाख ४० हजार समेत गरि लक्षित वर्ग तर्फ २ करोड २६ लाख ७६ हजार समेत गरि सामाजिक विकास तर्फ कुल जम्मा रकम रु. १६ करोड ९७ लाख ०३ हजार विनियोजन गरिएको छ । त्यस्तै संस्कृती विकास तर्फ जम्मा रु. ६२ लाख २० हजार विनियोजन गरिएको छ ।
रामधुनी नगरपालिका क्षेत्रको अव्यवस्थित शहरीकरण तथा स्थानिय तहका चुनौति र अवसरहरुलाई ध्यान दिदै एकिकृत शहरी बिकासको माध्यमबाट बृहत्तर रामधुनीको अवधारणा बमोजिम ऐतिहासिक, धार्मिक, वातावरणीय एवं आवासीय दृष्टिकोणबाट स्वच्छ, उद्यमशीलता र शैक्षिक बिकासको दृष्टिकोणबाट स्वावलम्वी साथै उत्पादन तथा व्यवसायको दृष्टिकोणबाट सम्बृद्ध औद्योगिक नगर तर्फ उन्मुख व्यवस्थित, आधारभूत तथा आधुनिक शहर निर्माण गर्ने लक्ष्य लिएको छ ।

  

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen