झुम्का, भदौ २९ । जितियाको अवसरमा थारुमहिला उत्थान समाजले झुम्कामा बुधवार संस्कृतिक कार्यक्रम गर्दै तराईका २२ जिल्लामा थारुहरुको बेगला बेगलै पहिरन रहेकाले संरक्षणकालागी “आई कन शो” प्रदर्शन गरेका छन् । सम्झना लेखिको संयोजकमा भएको सो प्रदर्शनमा फेशन शो जस्तै पालैपालो २२ जना महिलाले थारु पहिरणमा सजिएर प्रदर्शन गरेका थिए । पुर्व देखि पश्चिमका थारुहरुको भेष भुषाको “आई कन शो” मार्फत प्रदर्शन गर्दै उत्थान समाजले पुर्वको झुम्कामा थारु समुदाय संस्कृतिमा धनि रहेकोे शन्देश दिन खोजिएको थियो ।


उत्थान समाजकी अध्यक्ष सिता चौधरीको सभापत्विमा भएको कार्यक्रममा रामधुनीका नगर उप प्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । महिलाहरुले माईत जितिया मनाउन जादा तेल पौर रोटि लाने मोटा दिई उप प्रमुख चौधरीलाई सम्मान गरेको छ । कार्यक्रममा बरैलीबाली कार्यक्रमका सञ्चालक कुलदिप चौधरी र जानकी चौधरीले उपस्थित दर्शकहरुलाई कमेडि नाटक मार्फत मनोरञ्जन दिएका थिए । सो कमेडि नाटकमा बढदै गईरहेको दहेज प्रथाको उन्मुलन गर्ने शन्देश दिन खोजिएको थियो । कार्यक्रममा उदयपुरकी कलाकार पे्रमशिलाको नृत्य प्रस्तुती संगै पौराणिक गीतमा नृत्य गर्ने आकर्षक बनेकी थिईन् ।


कार्यक्रममा आदिवासिका बिभिन्न झाँकी प्रर्शन ,जेष्ठ नागरीक एकल महिला,दृष्टि बिहिनलाई सम्मान त्यैगरी थारु अग्रज पत्रकारलाई सम्मान गर्दै नृत्य प्रतियोगीता सम्पन्न गरेको छ । झाँकी प्रदर्शनमा झाँगड नाच प्रथम हुने नगद रु २०००, नेवा देय् दबु रामधुनीबाट लाखेनाच दोस्रो हुने नगद रु १५००,प्रकासपुरबाट आएका किरातराई यायोखा मौलिकनाच तेस्रो हुने नगद रु १०००,सान्त्वना रामधुनी १ डुमैरियाका थारु धुम्रानाच सान्तवना हुने नगद रु १००० ले हुडेप नेपालको सहयोगमा पुरस्कृत गरीएको छ । झाँकी प्रदर्शनले आदिवासीहरुको पौराणिक, मौलिक संस्कार संरक्षण भएको उत्थानकी कोषाध्यक्ष आशा चौधरीले बताईन् ।
समाजमा योगदान दिएका महिला जेष्ठ नागरी,एकल महिला रामधुनी ९ डुम्राहाकी लघनी देवि थरुनी,ईटहरी १५ जस्मन्ति चौधरी,एकल महिला तारा मण्डललाई दो सल्लाले,दृष्टि बिहिन रामधुनी १ की राधा चौधरीलाई दो सल्ला सहित नगद रु २५०० प्रदानगरी सम्मान गरेको छ । त्यसैगरी पहिलो महिला थारु कलाकार रामधुनी ५ की रेनु चौधरीलाई सम्मान गरेको छ । चौधरी थारु भाषाको पहिलो करम फिलमा नायीकाको अभिनय गरेकी छिन् । थारु समुदायको संस्कार संस्कृतिका बारेमा बिभिन्न मिडिया मार्फत सामाचार सम्प्रेसन लगायत थारु महिला उत्थान संस्थालाई सहयोग गर्ने आदिवासी जनजाती पत्रकार महाँ संघका अध्यक्ष पत्रकार धिरेन्द्र चौधरी,थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरी, मोरंगका अध्यक्ष पत्रकार एल.एन. गच्छदार,नेपाल पत्रकार महाँ संघ शाखा सुनसरीका जिल्ला सदस्य सुनिल चौधरी र पत्रकार सुप्रिया राईलाई बिशेष सम्मान गरेको छ । सम्मान गरेका पत्रकारहरु निस्वार्थ पत्रकारीता क्षेत्रमा लागेर सामाचार सम्प्रेशन गरिरहेकाले प्रत्रकारीता प्रोत्साहनकालागी सम्मान गरेको उत्थानकी अध्यक्ष चौधरीले बताईन् ।
जितियाकै अवसरमा उत्थानले गरेको नृत्य प्रतियोगतिामा प्रथम हुने बाल आदर्श बोर्डिङ्ग उब्धि नगद रु ५००० सहित सिल्ड र प्रसंसा पत्र, दोस्रो हुने शिर्जन शिल वाल क्लव उब्धि नगद रु ३००० सहित सिल्ड र प्रसंसा पत्र, तेस्रो हुने करमैनिया टोल बिकास शिवनगर नगद रु २००० सहित सिल्ड र प्रसंसा पत्र, सान्तवना हुने दिपज्योति युवाक्लव धुरहा नगद रु ११०० सहित सिल्ड र प्रसंसा पत्र रामधुनी बचत समुह दोहा कतार च्याप्टरको सहयोगमा बितरण गरेको हो । च्यापटरबाट सल्लाहकार राधेश्याम चौधरी र उपेन्द्र चौधरीको उपस्थिती रहेको थियो । नृत्य प्रतियोगीता मार्फत थारु युवाहरुको कला प्रष्टफुटनले र यसको निरन्तरताले कला मार्फतनै आफनो पहिचान गराउन सक्ने भएकाले उत्थानकी अध्यक्ष चौधरीले बताईन् ।
जितिया शब्दको शाब्दिक अर्थ बिजय हासिल गर्नु हो ।पौराणिक कालदेखिनै मनाउदै आएको यो पर्व पुर्बि तराईका आदिवासी धर्ति पुत्र थारु जातिको महत्वपुर्ण एैतिहासिक पर्व हो ।प्राय तराई वासी बिबाहिता नारीले आफना पति तथा सन्तानको लामो आयुको कामना गर्दै निष्ठा पुर्वक जितिया पर्व मनाईन्छन ।
कार्यक्रममा सबैलाई स्वागत कोषाध्यक्ष आशा चौधरीले गरीन भने कार्यक्रम तथा जितियाको उधेश्यको बारेमा भगवति चौधरीले जानकारी गराएकी थिईन् । उद्धघोषण रेडियो रामधुनीका सुनिल चौधरी,आशा चौधरी,बिमला चौधरीले गरेका थिए । मिडिया पार्टनर रेडियो रामधुनी ९१.९ मेगाहर्ज र थारु पत्रकार संघ शाखा सुनसरीको रहेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen