झुम्का, भदौ १५ । थारु महिला उत्थान समाजले जितियामा नृत्य प्रतियोगीता सहित कार्यक्रम जित महान चौकमा गर्ने भएको छ । यस भन्दा पहिले झुम्का बजारको राजमार्ग छेउमै कार्यक्रम आयोजना गर्ने भनिएपनि ब्रतालुहरुको भिडभाडका कारण दुर्घटना हुन सक्ने मध्यनजर गर्दै रामधुनी वडा नं. १ जित महान चौकमा गर्ने भएको छ । झुम्का बजारको राजमार्गको नहर पुल देखि खनार जानेबाटो दुईसय मिटर फरकमा गर्न लागेको संस्थाले जनाएको छ ।
तराई महिलाहरुको महान पर्व जितिया कार्यक्रम यस बर्ष फरक र मनोरञ्जनात्क रुपमा मनाउने तयारीका लागी जुटि सकेको उत्थान समाजकी अध्यक्ष सिता चौधरीले बताईन् । कार्यक्रममा ब्रतालु महिलाहरुको नृत्य प्रस्तुती,थारु, मैथली र भोजपुरी भाषाको गीतमा नृत्य प्रतियोगीता त्यसैगरी गायन क्षेत्रमा राष्ट्रिय कलाकारको रुपमा स्थापित स्रष्टा राम धामीको रचना संगीतमा ,एक बोलत दारु, दाुईबोतल दारु, जेनै पिए उ कुन थारु,त्यसतै चढलै जवानी हमरा, गीतको बोल प्रस्तुती लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । कार्यक्रमबाट लक्षित बर्ग,समाजमा योगदान दिएकाहरुलाई बिशेष सम्मान पनि गरीने बताएको छ ।
उत्थान समाजको नृत्य प्रतियोगीतामा प्रथम हुनेलाई पुरस्कार सिल्ड सहित नगद रु ५००० ,दोस्रो पुरस्कार सिल्ड सहित नगद रु ३००० तेस्रो पुरस्कार सिल्ड सहित नगद रु २००० र सान्तवना पुरस्कार समेत रहेको छ । पुरस्कारकालागी रामधुनी बचत समुह दोहाकतार च्याप्टरबाट सहयोग रहेको छ । च्याप्टरले थारु संस्कार,स्ांस्कृति संरक्षणकालागी उत्थान समाजलाई सहयोग गरेको जनाएको छ ।
कार्यक्रममा सहभागीकालागी क्लव,गाउँ,टोल,स्कुल लगायत नृत्य तथा प्रतियोगीतामा भाग लिन र उपस्थितीकालागी समपुर्णमा अनुरोध गरेकी छिन् । प्रतियोगीतामा सहभागीकालागी भदौ २६ गते सम्ममा जानकारी गराउनु पर्ने छ । जानकारीकालागी अध्यक्ष सिता चौधरी मों. ९८०३९९६५१८ र सुनिल चौधरी ९८४२४२९१२८

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen