ईटहरी, भदौ १४ । तराई महिलाहरुले निराहार ब्रतले बाल,बच्चा,श्रीमान्को दिर्घायुकालागी कामना गर्ने महान तथा ठुलो पर्व जितियाको अवसरमा थारु महिला सभा ईटहरीले जितियाको एकदिन अगावै भदौ २७ गते कार्यक्रम गर्ने भएको छ । जितियाका दिन धेरै स्थानमा कार्यक्रमको आयोजना गरीने भएकोले ईटहरीमा नगर समितिले एक दिन अगावै जितिया बिशेष कार्यक्रम २०७४ गर्न लागेको जनाएको छ । यस बर्ष जितिया भदौ २८ गते बुधवारका दिन रहेको छ ।
थारु महिला सभा ईटहरी नगर कार्य समितिले ईटहरी चौकमा कार्यक्रम अयोजना गर्न लागेको हो । सभा जिल्ला कार्य समितिको सहकार्यमा ईटहरी बजार पश्चिमलाईन नेश्नल होटल छेउमा भदौ २७ एक दिन अगाडीनै आयोजना गर्ने महिला सभा जिल्लाकी अध्यक्ष शुसिला चौधरीले बताईन । कार्यक्रममा थारु भेष भुषा प्रर्दसनि संगै कलस सहित ईटहरी बजार परिक्रमा , वडाबाट आएको सहभागीहरुले जितिया नाटक,थारु भाषाका पौराणिक र आधुनिक गीतमा बेजोड नृत्य प्रस्तुती त्यैगरी थारु संस्कारमा बनाईने तेलपौर रोटिको स्वद चखाउने अवसर लगायत बिभिन्न प्रस्तुती रहने चौधरीले बताईन । कार्यक्रममा ईटहरीका सम्पुर्ण वडाहरुबाट झाँकी सहित सहभागीकालागी आवहान गरेकी छिन् ।
यो पर्वमा श्रद्धा भक्तिका साथ शुद्ध मन,बचन र कर्मले भगवान जितमाहानको ब्रत लिने परिवारमा कुनै प्रकोप तथा अनिष्टकार संकटबाट मुक्ति मिल्छ र जिवन रक्षा हुन्छ भने गहिरो जनबिश्वास रहेको छ ।तसर्थ यो पर्व अत्यनत कष्टकर तर फलदायक पनि रहेको छ । परिवारजनको आरोग्य जिवनकालागी यो पर्व उत्तम मानिन्छ । यसै सनदर्भमा एउटा हसाँउने उक्ति भनाईछ “जितिया पावैन बडभारि, धियापुताके ठोईक सुतावल, अपना ख्याल भोईर थारी” यसको अर्थ हुन्छ जितिया पर्व धेरै कठिन छ,केटाकेटीलाई सुम्सुम्याएर सुताईन्छ तर आफुले दर खुब संग खाईन्छ । समग्रमा यो पर्व कठोर भएपनि जिवन उपयोगी मानिन्छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen