झुम्का, भदौ १४ । थारु तथा मैथली समुदायका महिलाहरु निराहार ब्रत बसी बाल बच्चा तथा श्रीमानलाई दिर्धायुको कामना गर्दै मनाउने जितिया पर्व यस बर्ष थारु महिला उत्थान समाज रामधुनी संस्थाले झुम्का चौकमै सो दिन भब्य कार्यक्रम गर्ने भएको छ । जितिया पर्वलाई पहिचानकालागी महिला उत्थान समाज रामधुनीले आयोजना गर्नकालागी तयारी गरिहरेका छन् । यस बर्ष जितिया भदौ २८ गते बुधवारका दिन रहेको छ ।
जितिया शब्दको शाब्दिक अर्थ बिजय हासिल गर्नु हो । यो पर्वको दिन जितमहान भगवानले गरुडनामक सक्तिशालि पन्छि राक्षसलाई आफनो औलोकिक शक्तिका माध्यमबाट आफनो बसमा राख्न सफल भएका थिए भन्ने बिभिन्न धर्मशास्त्र तथा पुराणहरुमा उल्लेख पाईन्छ । यसै दिनको सम्झनामा जितिया पर्व मनाउन थालिएको हो । शालिबाहानको नाम्मा ऐतिहासिक शालिबहान सम्बत चलेको छ । यसले जितिया पर्वको महत्व उजागर गर्न थप बल प्रदान गरेको छ । यो पर्वमा बिबाहित चेलीबेटी तथा महिलाले ब्रत लिई आफनो परिवारको सुख, सान्ति,समृद्धि तथा सुस्वस्थ्य र दिर्घायुको कामना सहित उत्तरोतर प्रगतीका लागी जितमहान भगवान संग प्रार्थना गर्छन ।स्याल चिल तथा दिवंगत आत्माको समेत पुजा गरीन्छ ।
रामधुनीको झुम्का बजारमा थारु महिला उत्थान समाजले यस बर्ष जितिया बिशेष सास्कृतिक कार्यक्रम २०७४ नृत्य प्रतियोगीता साथ आयोजना गर्ने तयारी गरिरहेको छ । तराई महिलाहरुको महान पर्व जितिया कार्यक्रम यस बर्ष फरक र मनोरञ्जनात्क रुपमा मनाउने तयारीका लागी जुटि सकेको उत्थान समाजकी अध्यक्ष सिता चौधरीले बताईन् । कार्यक्रम रामधुनीको वडा नं. ५ झुम्का बजार नहर पुल छेउ पशिचम पट्टि अयोजना गर्ने जनाएको छ । कार्यक्रममा ब्रतालु महिलाहरुको नृत्य प्रस्तुती,थारु, मैथली र भोजपुरी भाषाको गीतमा नृत्य प्रतियोगीता त्यसैगरी गायन क्षेत्रमा राष्ट्रिय कलाकारको रुपमा स्थापित स्रष्टा राम धामीको रचना संगीतमा ,एक बोलत दारु, दाुईबोतल दारु, जेनै पिए उ कुन थारु,त्यसतै चढलै जवानी हमरा, गीतको बोल प्रस्तुती लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । कार्यक्रमबाट लक्षित बर्ग,समाजमा योगदान दिएकाहरुलाई बिशेष सम्मान पनि गरीने बताएको छ ।
उत्थान समाजको नृत्य प्रतियोगीतामा प्रथम हुनेलाई पुरस्कार सिल्ड सहित नगद रु ५००० ,दोस्रो पुरस्कार सिल्ड सहित नगद रु ३००० तेस्रो पुरस्कार सिल्ड सहित नगद रु २००० र सान्तवना पुरस्कार समेत रहेको छ । कार्यक्रममा सहभागीकालागी क्लव,गाउँ,टोल,स्कुल लगायत नृत्य तथा प्रतियोगीतामा भाग लिन र उपस्थितीकालागी समपुर्णमा अनुरोध गरेकी छिन् । प्रतियोगीतामा सहभागीकालागी भदौ २६ गते सम्ममा जानकारी गराउनु पर्ने छ । जानकारीकालागी अध्यक्ष सिता चौधरी मों. ९८०३९९६५१८ र सुनिल चौधरी ९८४२४२९१२८