पूर्वपश्चिम लोकमार्ग अन्तर्गत आइतबार झुम्का क्षेत्रमा यात्रुवाहक बस र स्कुल बस एक आपसमा ठक्कर खादा भएको दुर्घनामा गम्भीर घाइते बनेका बस चालक रामधुनी नगरपालिका २ का ५० वर्षीय ढोरणलाल चौधरको उपचारको क्रममा मृत्यु भएको छ भने सहचालक रामधुनी ३ का ५५ वर्षीय कृर्तनलाल चौधरीको अवस्था गम्भिर रहेकोछ । आइतबार बिहान करिव ८ बजेर ३० मिनेट जाँदा राजविराजबाट विराटनगर जाँदै गरेको को १ ख ३०२५ नम्बरको बस र पश्चिम तर्फ जाँदै गरेको एल ई एस लोटस स्कुलका को १ ख १६२१ नम्बरको स्कुल बस ठक्कर खाँदा स्कुल बसका चालक, सहचालकसहित तीन गम्भीर बनेका थिए । अन्य १८ जना भने सामान्य घाइते भएका थिए । उनिहरु उपचारपछि घर फकिएका छन ।
एल ई एस लोटसका बस चालक मृतक ढोरन चौधरीको पोष्टमाटम गरि दिउसै डिसचार्ज गरिएको छ । क्षति पुर्तिका सम्बन्धमा यातायात व्यबसायी संघ सँग सहकार्य गरी घाईते किर्तनलालको विराट नर्सिङमा उपचार भर्ईरहेको छ । अर्को यात्रुबाहक बसका चालक सामान्य घाईते भएको थिए, उनलाई ईलाका प्रहरी कार्यालय पकलीको कस्टडीमा राखि थप अनुसन्धान भई रहेको ई प्र का पकली ईन्चार्ज शान्ताराम कार्की ले जानकारी दिनुभयो ।