सुनिल चौधरी
झुम्का भदौ ११ । खेतिपाती रोपाई सकिए पछि बालिनाली सप्रिने तथा उब्जा बढि हुने धार्मिक मान्यता राख्दै भदौ महिनामा आईतवारका दिन पुर्वका थारुहरुले रैब पर्व मनाउदै छ । बाल बच्चाको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै प्रकृतीलाई र कुल देवतालाई पुजा गर्दै यो पर्व मनाईन्छ । आईतवारलाई थारु भाषामा रैबदिन भन्ने गरेकाले सो दिन गरीने यो पर्व रैव पर्व भन्ने गरीन्छ ।
भदौको कुनै एक आईतवार रैब पर्व मनाउदा धान बालि सप्रिने,घर परिवारमा कुनै किसिमका रोग ब्याधि नआउने बिश्वास अनुसार यो पर्व धेरै समय आगडि देखिनै मनाउदै आएको रामधुनी वडा नं. १ का गा्रमथानका थानपति बुधनारायण चौधरीले बताए । यसै बिश्वासका आधारमा थारुहरुको टोल तथा गाउँ भरीका समुदायले मनाउने गरीन्छ । यो पर्वमा गुलियो खानेकुराहरु खाएर मनाउदा पर्व सफल हुने जन बिश्वास रहेको पाईन्छ । त्यसैले दहि,दुध, चुरा,चिनी, जेरी,फलफुल लगायत गुलियो खानेकुराहरु खाएर मनाउने गरिन्छ । पर्व गरेका दिन कसैले नुन वा तेल खाए भने रैव पर्व असफल भई कुलदेवताले साथ नदिने अनिष्ठ हुने पनि मान्यता रहेको छ । अर्का मान्यता अनुसार बर्षामा सर्पको बिगबिगी हुनेहुदा सर्पले कसैलाईपनि अनिष्ट नगरोस भनेर पर्वकै दिन महिलाहरुले बिष हरण गर्ने पौराणिक गीत बिषहैर गाउँदै नदि वा पोखरीमा नागदेवतालाई प्रतिमुर्ति बनाई बिर्सजन गर्ने गरीन्छ ।
त्यसैगरी खेतिपाती रोपाई गर्दा अवस्थामा हल्लो जोत्ने र खेत रोप्ने कृषकहरु नुन र खुर्सानी बढी खाने भएकाले प्रेसर बढनेहुदा त्यसको सन्तुलनको लागी पनि एक दिन नुन तेल खुर्सानी नखाई गुलियो खानेकुराहरु खाने गरीन्छ । धार्मिक र स्वास्थ्यको दृष्टिकोणमा महत्वपुर्ण रहेको यो पर्बमा बिहानै स्नान गरी प्रकृतीलाई र कुलदेवतालाई दहि,चुरा,चिनी,जेरी,फलफुल चढाई प्रसादको रुपमा खानेगरीन्छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen