भाद्र ८ रामधुनी, सुनसरी
रामधुनी ३ को कोशी सेमिनार भवनमा युवाका लागि नागरिक तथा नेतृत्व सम्बन्धि अभिमुखीकरण कार्यक्र बिहिबार सम्पन्न भएको छ । स्काई क्लवको आयोजना र वर्डभिजन तथा युथक्रिएसनको सहकार्यमा सम्पन्न सो कार्यक्रम लक्षित वर्गका समुदायका युवाहरुमा व्यवहारीक रुपले परिवर्तन गरी, नम्र, लचिलो तथा सक्रियरुपमा अघि बढाउने उद्धेश्यले विविध कार्यक्रम गरिएको स्काई क्लवका अग्रज प्रशिक्षक जगत कामतले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा ६ वटा स्काई क्लवबाट १२० जना युवा सहभागीहरुको उपस्थिति रहेको थियो । सो क्लवहरुमा रोयल स्काई क्लव, द राईजिङ्ग स्काई क्लव, रामधुनी स्काई क्लव, अनमोल स्काई क्लव, सनराईज स्काई क्लव र क्रिएटिभ स्काई क्लवका युवाहरु रहेका थिए । उक्त स्काई क्लवहरुमा समुदायका लक्षित वर्गहरुको १६ वर्ष देखि २५ वर्ष उमेर समुहका प्रति समुह १० देखि २५ जना सम्मको सहभागितामा क्लव गठन गरिएकोे छ । जसमा प्रत्येक क्लवमा २ जना स्काई लिडर रहेका छन । ती ६ वटा स्काई क्लव व्यवस्थापन गर्न १ जना स्काई कोच (प्रशिक्षक) रहेको छ । क्लवमा सामान्य सिकाईका ४ क्षेत्र जस्तै सक्रिय नागरिक, नेत्रित्व, रोजगार र सामाजिक उद्यमशिलतामा शिक्षण गर्ने गरिन्छ । जसमा ८ महिनामा ६८ हप्ता बैठक बस्न गरिन्छ । उक्त समुहहरुले समुदायमा देखिएका समस्या तथा युवा पिढीले भोगेका कठिनाईहरुको सहज ढंगबाट निराकरणका उपायको खोजि गरी समाजका समस्याबाट दुधने र नेतृत्व विकासमा टेवा पु¥याउने गरिन्छ ।
कार्यक्रममा प्रशिक्षक शैलेन्द्र राई र जगत कामतले सहजिकरण गर्नुभएको थियो । कामतले यस्ता स्काई क्लवको आवश्यक्ता हरेक टोलटोलमा रहेको बताउदै अबका दिनमा युवाहरुलाई अझ संगठित तथा सक्रियबनाउने लक्ष्य रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen