सुनिल चौधरी
झुम्का, भदौ ७ । झुम्का बजारमा थुप्रिएको फाहोर आज बुधवार बिहानैबाट संकलन गर्न थालेको छ । राजमार्ग छेउमै एक हप्ता देखि थुप्रिएको फाहोर दुर्गन्धित बन्दै गएपछि स्थानिय ब्यापारीहरुले गुनासो गरेका थिए । फोहोर उठाउन थालेपछि बजार केहि भएपनि सफा देखिएको छ । बजारका ब्यापारी, ग्राहक र स्थानियहरु राहत महसुस गरेका छन् ।
संकलित फोहोर फाल्न ल्यान्ड फिल्ड साईड नहुदा फोहोर ब्यवस्थापनमा समस्या बन्दै गएको छ । ंिसगीया स्थित नहरको डिलमा ततकालै फोहोर फाल्दै आएको सो ल्यान्ड फिल्ड साईडमा बाढीले नहरको डिलनै कटान गर्दा फोहोर फाल्न समस्याहुदा उठ्न नसकेको नगरपालिकाका कार्यकारी अधिकृत सुर्य प्रसाद गौतमले बताए ।
तत्कालै फोहोर ब्यवस्थापनकालागीे मासु काट्ने टहरा पछाडी ब्यवस्थापन गरी सकेको नगर प्रमुख जय प्रकास चौधरीले बताउनु भयो । सो स्थानमा खाल्डो खनेर स्थानियलाई असहज नहोस भनेर फोहोरलाई माटोबाट पुर्ने मेयर चौधरीले बताउनु भयो । दिर्घकालिन रुपमा ल्यान्ड फिल्ड साईडको ब्यवस्था भईरहेकोे जानकारी दिनु भयो ।
झुम्का बजार बिस्तार संगै ब्यापारी तथा ग्राहकहरुको चाप बढन थाल्दा प्रत्येक दिन फाहोर बढदै गईरहेको एक ब्यापारीले बताए । स्थानिय झुम्काका वासिहरुका अनुसार ल्यान्ड फिल्ड साईडको ब्यवस्था,ढलनिकास,हटिया ब्यस्थापन,बधशाला ब्यवस्थापन दिर्घकालिन रुपमै सामाधानकालागी जनप्रतिनिधिहरु अगाडि बढनु पर्ने बताए ।