सुनिल चौधरी
झुम्का, । नियमित फोहोर सङ्कलन हुन नसक्दा रामधुनीको मुख्य झुम्का बजारमा फोहोर थुप्रिदा दुर्गन्धित बन्दै गएको छ । बजार भित्रका घर, पसलअगाडि फोहोरका थुप्रा बढ्दै गएका छन् भने सार्वजनिक ठाँउमा समेत फोहोर वस्तु थुप्रिदै गएको छ ।
बजार क्षेत्रका तरकारी तथा फलफूल पसलमा बेच्न राखिएका खाद्य वस्तुसँगै जोडेर फोहोरले भरिएका बोरा राख्न थालिएको छ भने झुम्काको मुख्य चौकमै सडक छेउमा फोहोर सडेर दुर्गन्ध नै आउन थालेको छ । हप्तामा दुई दिन लाग्ने सनिवार र बुधवार हटियाबाट निस्किने फोहोर प्लास्टिकजन्य वस्तु यत्रतत्र छरिएर रहेका पाइन्छन् । सडकका पेटीमा वारपार फोहोर राखिएको छ भने बजार बीचमा नै फोहोर जलाउने गरिएकाले धुवाँधुलोसमेत बढ्दै गएको छ ।
एक हप्ता देखि फोहोर सङ्कलन नभएको गुनासो गर्दै झुम्का बजारका एक व्यापारीले फोहोरले आफ्नै पसलको अगाडी छरपस्ट रहेकाले नजिकै लगेर जलाएको बताए । यसरी बढ्दै गएको फोहोरका कारण ब्यापारीहरु मारमा परेका छन् नै दैनिक बजार भर्न आउनेहरुलाई समेत फोहोरको समस्या बेहोर्न बाध्य बनेका छन् ।
ंिसगीया स्थित नहरको डिलमा ततकालै फोहोर फाल्दै आएको सो ल्यान्ड फिल्ड साईडमा बाढीले नहरको डिलनै कटान गर्दा फोहोर फाल्न समस्याहुदा उठ्न नसकेको नगरपालिकाका कार्यकारी अधिकृत सुर्य प्रसाद गौतमले बताए । गौतमका अनुसार जनप्रतिनिधिहरुले ल्यान्ड फिल्ड साईडको चाँडो टुङ्गो लगाउनु पर्ने भन्दै जिम्मेवारीबाट पन्छिन खोजे । नगर प्रमुख जय प्रकास चौधरीका अनुसार तत्कालै फोहोर ब्यवस्थापनकालागीे मासु काट्ने टहरा पछाडी ब्यवस्थापन गर्ने बताउनु भयो । सो स्थानमा खाल्डो खन्ने काम भईरहेको छ, स्थानियलाई असहज नहोस भनेर फोहोरलाई माटोबाट पुर्ने मेयर चौधरीले बताउनु भयो । दिर्घकालिन रुपमा ब्यवस्थाकालागी समेत ल्यान्ड फिल्ड साईडको ब्यवस्था भईसकेको जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen