वर्णमाला बाट

भ्रामक हल्लाको पछि नलाग्न प्रशासनको आग्रह
इनरुवा । अविरल परेको पानी र बाढीले त्रसित भएका सुनसरीका दक्षिणवर्ती क्षेत्रका स्थानियहरु फेरी भ्रामक हल्लाका कारण केही दिन देखी त्रासमा छन ।
सुनसरी सदरमुकाम इनरुवासहित आसपास र दक्षिणी भेगमा यतिवेला भाइरल बनेका दुई वटा हल्ला जसका कारण स्थानीय त्रासमा छन् ।
रात परेपछि सामाजिक सञ्जालमा भाइरल हुने कोशीको बाँध फुट्दै र फुट्न लाग्यो भन्ने निराधार हल्ला सेलाउन नपाउँदै दुई दिनयता सुनसरीको इनरुवासहित दक्षिणी ग्रामिण भेगमा महिलाहरुको कपाल काटिने गरेको हल्ला भाइरल बनेको छ ।
शुक्रबार विहान इनरुवा २ घर भएकी एक १५ वर्षे बालिकाको अज्ञात रुपमा कपाल
काटिएको भन्ने खबर बाहिरिएको थियो ।
शनिवार देवानगञ्ज ४ मा दिनेश मेहताकी श्रीमति २५ वर्षिया संगितादेवी मेहताको समेत कपाल काटिएको भन्ने हल्ला सामाजिक सञ्जालसहित ग्रामिण भेगका सर्वसाधारणमा भाईरल बनेर फैलिन पुगेको छ । देवानगञ्जको घटनालाई स्थानीय प्रहरीले समेत नियालेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्चार्ज टिकाराम पौडेलले संगिताको कपालको तल्लो भाग काटिएझै देखिने र विहोस रहेपछि परिवारले उनको उपचारका लागि बिराटनगर लगेको जानकारी दिए । सो विषयलाई दुई दिनदेखी सुनसरीको फलानो ठाँउमा घर भित्र सुतेको बेलामा, बारीमा गएको बेलामा, शौचालय गएको बेलामा महिलाको कपाल यसरी काटियो र उनी बेहोस भइन् भन्दै फोटोसहित सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढेको छ । हल्लाकै कारण स्थानीयमा बढ्दो त्रासले महिला र किशोरीहरुलाई थप पिरोलेको छ । उक्त विषयलाई धेरैले आ–आफ्नो तरिकाले ब्याख्या र तर्क गर्न थालेका
छन् । विशेषगरी सुनसरीको बविया, हरिनगरा, देवानगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही, राजगञ्जसिनवारी, बसन्तपुर, साहेवगञ्ज, गौतमपुर, रामनगरभुटाहा, नरसिंह, लौकही, भोक्राहा, श्रीपुरजब्दी, हरिपुरलगायतका गाउँवस्तीमा पछिल्लोहल्लाले व्यापकता पाएको स्थानीयहरु बताउँछन । हल्ला फैलँदै गएकाले महिलाहरुमा त्रास उत्पन्न भई एक्लै घरमा बस्न, गाईवस्तु
चराउन, खेतवारी जान वा हिडडुल गर्न समस्या हुन थालेको हरिनगराका रामेश्वर साह बताउँछन ।

देवानगञ्जका कपिलदेव मेहता हल्लाका कारण सर्वसाधारणमा त्रास थपेको बताउँछन् । मेहताले घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी प्रशासन लागि पर्नुपर्ने बताउँछन् । हाल काठमाण्डौ महानगरपालिकाको कार्यालयमा कार्यरत सुनसरी मध्यहर्षाही घरभएका उमेश मेहता कुशवाहा गाँउघरमा फैलिएको हल्लाले महिलाहरुमा भय उत्पन्नगराउनुका साथै मानसिक तनाव बढाएको भन्दै वास्तविकता छानविन गरी जनमानसमा ल्याउनु जरुरी बनेको बताउँछन् ।
कोशीको निराधार हल्ला फैलाउनेको सम्वन्धमा अनुसन्धान थालेको बताउँने सुनसरी प्रहरी पछिल्लो घटनाक्रमको समेत यथार्थ पत्ता लगाउन लागि परेको बताउँछ । प्रहरी प्रमुख विद्यानन्द माझीले घटनाबारे जानकारी आएकाले छानविन थालिएको बताए । माझीले घटनाको वास्तविकता बुझ्ने कार्य भैरहेको बताए । यद्यपी प्रहरीले महिलाको कपाल कट्ने र बेहोस हुने भन्ने विषय स्थानीयस्तरमा हल्ला फैलिएझै अदृश्य शक्ति र टुनामुना नभएर कुनै विरामीको संकेत हुन सक्ने अनुमान गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले समेत ग्रामिण वस्तीहरुमा हल्ला फैलिएको बताएका छन् । यद्यपी उनले घटनाको प्रकृति र वस्तुस्थितीबारे पूर्ण अध्ययन र अनुसन्धान पश्चात मात्रै वास्तविक कुरा बाहिर आउने बताए ।

प्रजिअ पराजुलीले सत्यतथ्य बुझ्न स्थानीय जनशक्ति परिचालन गरिएको बताउँदै सर्वसाधारणमा हल्लाको पछि नलागी आफ्नो दैनिकीमा जुट्न आग्रह समेत गरे । सुतेको स्थानमा महिलाको कपाल काटिने र वेहोस हुने घटना यसअघि छिमेकी
मुलुक भारतका केही स्थानमा देखा परेको थियो । भारतीय संचारमाध्यमहरुले सो विषयलाई किराले महिलाको कपाल टुक्राउने गरेको निष्कर्श निकालेको थियो । स्थानीय तथा पीडित भनिएकाहरुले सो घटनालाई जादु र टुनामुनासँग समेत दाँजेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen