भद्र ४, झुम्का, सुनसरी ।
रामधुनीको पिप्राहा खेलमैदानमा जारी रामधुनी स्कुल स्तरीय नकाउट फुटबल प्रतियोगीतामा आईतबार पहिलो खेलमा द राईजिङ बोर्डिङ्ग स्कुल बक्लौरी र आदर्श मावि वक्लौरी विच भएको छ, भने दोश्रो खेल नमुना सामुदायीक बोर्डिङ झुम्का र एल ई एस लोटस स्कुल विच भएको छ । पहिलो खेलमा द राईजिङ बोर्डिङ्ग स्कुल बक्लौरीले आदर्श मावि वक्लौरीलाई १ को विरुद्ध २ गोलको अन्तरले पराजित गरेको छ । खेल शुरु भएको १३ औँ मिनेटमा दिपेश चौधरीले पहिलो गोल गरी खाता खोलेका थिए भने ५६औँ मिनेटमा सौगात श्रेष्ठले अर्को गोल गरेको थियो भने विपक्षी आदर्श माविको तर्फबाट दर्शन परियारले ३२औ मिनेटमा १ गोल गरेका थिए ।
त्यसैगरी दोश्रो खेल अन्तर्गत भएको नमुना सामुदायीक बोर्डिङ्ग स्कुल झुम्काले र एल ई एस लोटस लाई ० को विरुद्ध २ गोलले पराजित गरेको छ । पहिलो गोल गर्नेमा प्रभात कार्की रहेका थिए भने अर्को अशोक चौधरीले आत्मघाति गोल गरी दुई गोलले जित हाँसिल गरेको हो । पहिलो खेलको म्यान अफ दि म्याच । राईजिङ स्कुलका विक्कल राजधामी भएका थिए, त्यसैगरी दोश्रो खेलको म्यान अफ दि म्याच नमुना सामुदायीकका प्रभात कार्की भएको हो ।
भोलीको पहिलो खेल पन्चायत मा. वि पिप्रहा र शिवनगर मा. वि. शिवनगर विच हुने छ, भने दोश्रो खेल रामधुनी बोर्डिङग स्कुल झुम्का बिच हुने आयोजकले जनाएको छ ।