भद्र ३, झुम्का, सुनसरी।
लालि गँुरास बिकास केन्द्र रामधुनीको आयोजनामा, रामधुनीको वडा नं. ३ स्थित पिप्राहा खेल मैदानमा भएको रामधुनी स्कुल स्तरीय नकाउट फुटबल प्रतियोगीताको आज दोश्रो दिन पहिलो खेल लर्डबुद्ध बोर्डिङ्ग स्कुल झुम्का र युनिक सगरमाथा बोर्डिङ्ग स्कुल झुम्का विच भएको छ, भने दोश्रो खेल बि.एस. मोडल बोर्डिङ्ग स्कुल झुम्का र शिवनगर मा. वि. शिवनगर विच भएको छ । आजको पहिलो खेलमा लर्डबुद्ध बोर्डिङ्ग स्कुल झुम्काले युनिक सगरमाथा बोर्डिङ्ग स्कुल झुम्कालाई ० को विरुद्ध ४ गोलको अन्तरले पराजित पारेको छ । खेल शुरु भएको १२ औँ मिनेटमा अर्पन कार्कीले पहिलो गोल गरी खाता खोलेका थिए भने ५६औँ मिनेटमा अर्को गोल गर्न सफल भएको थियो, खेलको क्रमशः २८औँ मि. मा खगोल श्रेष्ठ र ६२औँ मिनेटमा नरेशले गोलगरी लर्डबुद्धले ४गोल गरेर विजय हासिल गरेको हो ।
त्यसैगरी दोश्रो खेल अन्तर्गत भएको बि.एस. मोडल बोर्डिङ्ग स्कुल झुम्का र शिवनगर मा. वि. शिवनगर विचको खेलमा, शिव नगर मा. वि. ले बि.एस. मोडललाई ० को विरुद्ध १ गोलको अन्तरले पराजित पारेको छ । खेलको ५२ औँ मिनेटमा शिवनगर मा. वि.का प्रविन चौधरीले पहिलो तथा अन्तिम गोल गरी जित हाँसिल पारेको हो । आजको पहिलो खेलको म्यान अफ दि म्याच लर्डबुद्धका गोलकिपर सागर कटवाल त्यसैगरी दोश्रो खेलको म्यान अफ दि म्याच शिवनगर मा. वि. का प्रविन चौधरी बन्न सफल भएको हो ।
भोलीको पहिलो खेल आदर्श मा. वि. बक्लौरी र द राईजिङ्ग बोर्डिङ्ग स्कुल बक्लौरी विच दिउसो २ बजे हुनेछ भने, दोश्रो खेल एल. ई. एस बोर्डिङ्ग स्कुल झुम्का र नमुना सेकेन्ड्रि बोर्डिङ्ग स्कुल झुम्का विच दिउसो ३ बजे बाट हुनेछ ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen