झुम्का, भाद्र ३
रामधुनीको वडा नं. ३ स्थित पिप्राहा खेल मैदानमा स्कुल स्तरीय नकाउट फुटबल प्रतियोगीताको शुक्रबार उद्धघाटन खेल पञ्चायत मा. वि. पिप्राहा र नवदिप वोर्डिङ्ग स्कुल बक्लौरी विच भएको छ । आजको खेलमा पञ्चायत मा. वि. पिप्राहाले नवदिप वोर्डिङ्ग स्कुल बक्लौरीलाई ० को विरुद्ध ३ गोलको अन्तरले जित हाँसिल पारेको छ । खेल शुरु भएको १० मिनेटमा पहिलो गोल गरेर पन्चायत माविका राज परियारले खाता खोलेको थियो । त्यसैगरी १५औँ मिनेटमा दोश्रो गोल र ४०औँ मिनेटमा तेश्रो गोल गरी म्यान अफ दि म्याच बन्न सफल भएको हो ।
प्रतियोगीतामा रामधुनीका १३ बिध्याल्यकोे सहभागीता रहेको छ । शनिबारको पहिलो खेल लर्डबुद्ध बोर्डिङ्ग स्कुल झुम्का र युनिक सगरमाथा बोर्डिङ्ग स्कुल झुम्का विच हुनेछ भने, दोश्रो खेल बि.एस. मोडल बोर्डिङ्ग स्कुल झुम्का र शिवनगर माबि शिवनगर विच दिउसो २ बजे बाट हुनेछ ।
लालि गँुरास बिकास केन्द्र रामधुनीको आयोजनामा भएको रामधुनी स्कुल स्तरीय नकाउट फुटबल प्रतियोगीताको उद्धघाटन कार्यक्रममा रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी प्रमुख अतिथि रहनु भएको थियो भने लालिगुराँस विकास केन्द्रका अध्यक्ष देवान खडकाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पुर्व खेल प्रशिक्षक अधिकारीलाई प्रमुख अतिथि तथा सभापति द्धारा सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्थानिय समाजसेवि, बुद्धिजिवि, व्यापारी, जन प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।