झुम्का,भदौ ३ । थारु महिला उत्थान समाज रामधुनीले प्रथम साधारण सभा सनिवार सम्पन्न गरेको छ । बर्ष भरिको आय ब्यय तथा प्रगती प्रतिवेदन संस्थाकी अध्यक्ष सिता चौधरीले प्रस्तुत गरेकी थिईन ।
समाजले आ.ब. २०७३÷७४ मा महिला हिं
सा, दुब्र्यवहारमा परेका महिलाहरुलाई उद्धार लगायत महिला अधिकार सम्बन्धि कार्यगरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ । त्यसैगरी थारु संस्कारमा रहेको पर्व तथा काला संस्कृति प्रबद्र्धनकालागी ६ दिने माघि महोत्सव,जितिया,एकादशी कार्यक्रहरु आयोजना गरेको जनाएको छ ।


कार्यक्रममा प्रमुख अतिथि रामधुनी नपाका प्रमुख अतिथि जय प्रकाश चौधरीले संस्थाले बिगतमा गरेको कामको सह्राना गर्दै आगामी दिनमा समाजमा अझ राम्रो काम गर्नका लागी सुझाब दिनु भयो । वहाले महिलाहरुले समाजमा जाड, रक्सीको बिरुद्दमा काम गरे महिला हिंसा लगायत अपराधिक घटना कम हुने बताए ।

कार्यक्रममा रामधुनीका उप प्रमुख सविना चौधरी, नपाका सामाजिक बिकास शाखा प्रमुख हर्ष लाल चौधरी, नेपाल आदिबासी जनजाति महासंघ, समन्वय समिति रामधुनी नपाका संयोजक राजकुमार चौधरी, सेभ द अर्थका पुष्प भटराई, ईप्रका पकलीका प्रहरी निरीक्षक शान्तराम कार्कीले बोल्नु भएको थियो । त्यसैगरी कार्यक्रममा फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरी, थारु पत्रकार संध सुनसरीका अध्यक्ष कुल्दिप चौधरी, थारु पत्रकार संघ मोरङका अध्यक्ष लिलानाथ गच्छदार, थारु युवा समाज इनरुवाका अध्यक्ष रोहित चौधरी लगायतका वक्ताले संस्थाको प्रगति बारे बोल्दै शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen