पश्चिामाञ्चल क्षेत्रको एकमात्र नारी शिक्षामा समर्पित कन्या क्याम्पस पोखरामा तीजको अबसर पारेर अन्तर छात्रा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा बिभिन्न तहका कुल ९ समुहले भाग लिएकोमा कक्षा १२ बाणिज्य संकाय नेपाली माध्यमका छात्रा समुह प्रथम, कक्षा ११ वाणिज्य संकाय कक्षा ११ अंग्रेजी माध्यमका छात्राहरु द्धितिय, कक्षा १२ वाणिज्य संकाय नेपाली माध्यमका छात्रा समुह तृतिय र मानविकी कक्षा ११ का छात्रा समुहले सान्त्वना स्थान हासिल गरेका थिए । विजयी छात्राहरुलाई पुरस्कार, नगद र सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट नृत्य प्रस्तुत गर्ने छात्रा सोनिया गौतमलाई नगद पुरस्कार प्रदान गरिएको थियो । क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले बिजयी छात्राहरुलाई नगद पुरुस्कार र सम्मान पत्र प्रदान गर्नुहुदै छात्राहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । प्रतियोगितालाई कन्या क्याम्पसका संस्कृति बिषयका उपप्राध्यापक लक्ष्मण श्रेष्ठ र जोजिजू म्यूजिक सेन्टरका सानु जोजिजूले निर्णायकको भूमिका खेलेका थिए । सो प्रतियोगितामा बिजयी छात्राहरुलाई नगद पुरुस्कार प्रदान गर्न क्याम्पसका सहप्राध्यापक अन्जना श्रेष्ठ, उपप्राध्यापक क्षेत्रबहादुर क्षेत्री र पूर्व कर्मचारी दिक्षा शर्माले नगद प्रदान गरेका थिए ।