ईनरुवा, भदौ २ । बर्षाका कारण पानीका मुहानहरु फोहोर भईरहदा त्यसबाट निम्तीन सक्ने रोगहरुबाट बच्नकालागी ईनरुवा वडा नं. ६ साबिक मधेशा वडा नं.२ मा खाने पानी सुद्धिकरणकालागी आईतवार बायोेसैंड फिल्टर बितरण गरेको छ । वल्र्ड भिजनको सहयोगमा युथ क्रिएशन सुनसरीले ४० थान बितरण गरेको हो ।
सो वडामा थप फिल्टर उपभोक्ता आफै र वडा कार्यलयको सहयोगमा बितरण गरीने युथ क्रिएशनका राजु शाहले बताए । पुर्ण सरसफाई उन्मुख वडा घोषणकालागी समेत सो वडामा पाँच प्लस एक सुचक मध्ये स्वच्छ खानेपानी पिउनु पर्ने सुचकलाई पुरागर्न बितरण गरेको शाहले जानकारी दिए ।