झुम्का, साउन ३२ । सुक्रवार मध्यरातीबाट आएको अबिरल बर्षाका कारण बाढीले रामधुनी नगरपालीमा एक सय भन्दा बढि घर क्षत्ति बनाउदा पाँच सय मानिस प्रभावित हुदा थारु महिला उत्थान समाजले तत्कालै राहत बितरण गरेको छ । रामधुनीका बिभिन्न खोलाको बाढीले घरवार,लता कपडा,खाध्यान्न बगाउदा उत्थान समाजले रामधुनी वडा नं. ३ पिप्राहा गाउँको खानेपानी टयाङ्की पश्चिम टोलमा तत्कालै सनिवार त्रिपाल,चिउरा,भुजा,चाउ चाउ,स्वच्छ पानी बितरण गरेको हो ।


घरवार बिहिन भएका सो टोलमा बालबालिका,जेष्ठ नागरीकलाई मध्यनजर गर्दै कसैले भोकै बस्न नपरोस, फोहोर पानीले रोग नभेटियोस र बस्नलाई समस्या नहोस भन्दै वडा नं. १ मि    लन टोलमा रकम तथा जिन्सि समान संकलन गरी उत्थान समाजले ३८ परिवारलाई तत्कालै बितरण गरेको उत्थान समाजकी अध्यक्ष सिता चौधरीले जानकारी दिईन् । स्थानिय बाढी पिडित धिरेन्द्र सुनुवारका अनुसार राति बाह्र बजे एकासि बाढी आएर सबैको घर जल्मग्न भयो, लता कपडा,चामल अन्य सामानहरु समेत घरबाट निकाल्न नपाउदा सबै नास भयो, हामि कुनै सामान जोगाउन सकेनौ बाल बच्चा भोकै छ ,लाउन समेत कपडा नभएको भावुक हुदै बताए ।

बाढिले घरवार बिहिन भएका समिर मियाले आपनो पिडा सुनाउदै भने मध्यराती आएको बाढिले घर डुबाउदा सबै घरका सामान बगाए लग्यो खाना पकाउने भाडा समेत नहुदा हामि भोकै छौ , बिहान देखि रमिता हेर्नेहरु मात्र आउने गर्छ सहयोगकोलागी कसैले पनि कुरा उठाउदैनन् ,अहिले थारु महिला उत्थानको राहतले हामि खान पाएका छौ भन्दै गुनासो समेत गरेका छन् । उनीहरु जस्तै बाढि पिडितहरुलाई थारु महिला उत्थान समाजले जितमहान चौकमा मंगलवार कृष्ण जन्म अष्टमीको अवसरमा लागेको मेलाबाट दश दशहजार समेत संकलन गरी राहतकालागी तयारीमा रहेको छ । राहत बितरणकालागी उत्थान समाजका कार्यसमिति तथा साधारण सदस्यहरुले बितरण गरीरहेका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen