रेडियो रामधुनी, श्रावण २८
रातभरी परेको लगातारको वर्षाले रामधुनी नगरपालिका वडा नं. २ मा अवस्थित कुम्याही गाउँमा शेहरा खोलाको बाढीले जलमग्न भएको छ । शेहराको बाढी पश्चिम टोल कुम्याहीमा प्रवेश गर्दा त्यसठाउँका उराऊ बस्ति डुबानमा परेको हुनाले मानिसहरुको जनजिबन अस्तव्यस्त हुनुका साथै लखौको धनजन क्षति भई स्थिति भयावह भएको छ । पिडितहरु यतिखेर उद्धारका लागि हारगुहार गरिरहेका छन्, उद्धारका लागि अहिले सम्म त्यस स्थानमा सुरक्षाटोली खटिएको छैन । स्थानिय बासीहरु भगाभगको स्थितिमा छन ।