झुम्का साउन २८ । रातभरीको अबिरल बर्षाका कारण रामधुनीको बिभिन्न स्थानमा जलमग्न भएको छ । बाढिकाकारण रामधुनीका वडा १ र २ बढि प्रभावित बनेको छ । वडा नं १ स्थित रहेको हक्रराहा खोलाको बाढि उज्वल र टावर टोलबिकासमा पस्दा ३५ घरका सदस्यहरु प्रभावित बनेको छ । बाढीले बाटो र घरको चारै तिर जलमग्न हुदा आउजाउमा समेत कठिनाई भईरहेको स्थानिय देविलाल चौधरीले बताए । रातभरीको बर्षाले सुनसरी मोरंग सिचाईको नहरमा बाढी पस्दा झुम्का कारागार नजिक शाखा नहरको गेट भत्किएको छ । अहिले नहरमा मात्रा भन्दा बढि पानि बगी रहेको छ ।
त्यसैगरी रामधुनीको वडा न २ मा पनि बाढिका कारण घरहरु जलमग्न भएको छ । सेहरा खोलाको बाढी कुम्याहिको पस्चिमटोलमा जलमग्न बनाउदा डुबानमा परेकाहरु छिमेकीमा जान बाध्यबनेको छ । बर्षा अहिलेपनि भईरहदा रामधुनीका जलमग्न बस्तिहरुका मानिसहरु त्रसित बनेका छन् ।