स्थानीय तह कार्यान्वयनलाई आधारमानी जिल्ला कृषि बिकास कार्यालय सुनसरीले रकम बिनियोजन गरेको छ ।जिल्ला कृषि बिकास कार्यालय सुनसरीले १२ वटै स्थानीय तहका लागि रकम बिनियोजन गरेको छ ।जिल्ला कृषि बिकास कार्यालयबाट हुँदै आएका सम्पूर्ण जसो कार्य अब स्थानीय तहबाटै सम्पादित हुने भएकोले कार्यालय सोहीअनुसार बजेट विनियोजन गरेको प्राविधिक सहायक तुलसीराम चौधरीले जानकारी दिए ।जसअनुसार कार्यालयले धरान उपमहानगरपालिकाको लागि ७१ लाख १५ हजार रकम विनियोजन गरेको छ ।
त्यस्तै इटहरी उपमहानगरपालिकाको लागि कृषिले १ करोड २४ लाख ९५ हजार रकम विनियोजन गरेको छ ।इनरुवा नगरपालिकाको लागि ६८ लाख ९५ हजार, दुहवी नगरपालिकामा ६६ लाख २२ हजार, बराह नगरपालिकामा सबैभन्दा बढी २ करोड २८ लाख ७२ हजार रकम छुट्याइएको छ ।
त्यसैगरी रामधुनी नगरपालिकाकालागि ९९ लाख १५ हजार, कोशी गाउँपालिकामा १ करोड ३६ लाख ७५ हजार, गढी गाउँपालिकामा ७५ लाख २ हजार, देवानगञ्ज गाउँपालिकामा ७१ लख १६ हजार, बर्जु गाउँपालिकामा १ करोड ७८ हजार, भोक्राहा गाउँपालिकामा ७२ लाख ३० हजार र हरिनगरा गाउँपालिकाको लागि जिल्ला कृषि बिकास कार्यालय सुनसरीले ६६ लाख २२ हजार रकम बिनियोजित गरेको जनाएको छ ।