रेडियो रामधुनी, श्रावण २५
झुम्काको थारु कल्याण कारिणी सभाहलमा रामधुनी नगरपलिकाका थारुमहिला सभाद्वारा एक कार्यक्रमगरी नव जनप्रतिनिधिहरु तथा अतिथिहरुलाई सम्मान गरेको छ । रामधुनी नगर समितिले नगरका नौ वटै वडाहरुमा वेग्ला वेग्लै उप समिति गठन गरी नौ वटै वडाका वडा समितिहरुलाई थारु कल्याण कारीणी सभाहलमा बोलाएर भब्य कार्यक्रमका विच नव जन प्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

सम्पुर्ण समुदायको समुचित विकासमा महिलाको अहम भुमिका रहेकोले थारु समुदायको विकासका लागिपनि महिला प्रतिनिधि खडाहुनुपर्नेमा जोड दिदैं छरिएर रहेका महिलाविन्दलाई संगठित गरी थारु संस्कार र संस्कृतिको सम्रक्षण तथा सामाजिक विकासमा आमुल परिवर्तन गर्ने बतउदै, आदिबासी जनजाति महासंघ रामधुनी नगर अध्यक्ष एवं कार्यक्रम संयोजक राजकुमार चौधरीले यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताउनुभयो । 

थारु महिला सभा रामधुनी नगर समितिका अध्यक्ष सिता चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा थारु महिला सभा जिला समितिका अध्यक्ष सुशिला चौधरीको प्रमुख आतिथ्यतामा रामधुनी नगर प्रमुख तथा उप प्रमुख एवं नौ वटै वडाका थारु जनप्रतिनिधिहरुलाई सम्मान तथा विभिन्न संघ संगठनमा आबद्ध अतिथिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो ।

कार्यक्रममा नगर प्रमुख जयप्रकाश चौधरी लगायत अतिथि वक्ताहरुले थारु संस्कार र संस्कृतिलाई जोड दिई सम्पुर्ण कार्य समितिलाई कार्यसफलताको शुभकामना प्रदान गरेका थिए । साथै वक्ताहरुले संस्कृतिको संरक्षणको लागि नगरले छुटै बजेट छुट्याएको हुनाले यसमा महिला सभाले अवको दिनमा उक्त सुविधा पाउने आशवासन दिदै व्यवस्थित ढंगबाट योजनाबद्ध कार्यक्रम नगरमा पेशगर्न पनि सुझाएका थिए साथै आर्थिक र राजनैतिक ढंगबाट पनि सवल हुनु उत्तिकै जरुरी रहेको बताएका थिए । कार्यक्रममा सम्मानित अतिथि जय प्रकास चौधरी, वडानं. १ का वडाध्यक्ष रमेश चौधरी, ९ का घनश्याम चाौधरी, कानुन व्यवसायी रामराज चौधरी , ई प्र का पकलि इन्चार्ज सान्ताराम कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्कीले सांस्कृतिक विकासका साथै समाजमा शान्ति शुरक्षाको जिम्मेबारी पनि यहि समुदायको भएकोले संस्कृति संगै सामाजिक विकृतिलाई निर्मुल पार्न समेत उहाले सुझाव दिनुभयो । कार्यक्रममा सहभागीहरुलाई थारु परिकार घुङी र चिचरी भातले समेत सत्कार गरेका थिए । कार्यक्रममा १०० बढि महिलाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen