रामधुनी,साउन २४ । एैतिहासिक रुपमा पहिचान बोकेको रामधुनी मन्दिर प्रचार प्रसारको अभावले अझै बिकास र धार्मिक पर्यटकीय स्थल बन्न सकेको छैन् । यसैको मध्यजनर गर्दै सुनसरी रामधुनीका युवाहरुको सहयोग र रामधुनी नगरका बिभिन्न संघ संस्थाहरुको सहकार्यमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा साउन २८ गते मिनि म्याराथुन आयोजना गर्ने भएको छ ।
म्याराथुनमा रामधुनीको लगुना चौक देखि रामधुनी मन्दिर सम्म करिब ९ किलोमिटर दौड हुने झुम्कामा सोमवार भएको पत्रकार सम्मेलनमा जनाएको छ । पिको संस्था झुम्काका अध्यक्ष सुदिप अधिकारीले प्रस्तुत गरेको प्रेस बिज्ञयप्तिमा प्रतियोगीतामा उमेर समुह १५ बर्ष देखि माथिकाले सहभागी हुन सक्ने जनाएको छ । पुर्वाञ्चल भरीका ईच्छुकले सहभागी हुन पाउनेगरी एक प्रति फोटो सहित निशुल्क २६ गते सम्ममा फर्म भर्न सकिने जनाएको छ । फर्म बितरण खुल्ला भई सकेको छ । फर्मका लागी स्थानिय सञ्चारमाध्यम रेडियो रामधुनी, झुम्का एफएम लगायत धरान,ईटहरी,ईनरुवाका बिभिन्न स्थानहरुमा बितरण भईरहेको छ । फर्म भरेका ब्यक्तिले २८ गते बिहान ६ः०० बजे उपस्थित भईक्नु पर्ने आयोजक संस्थाले जनाएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई रु ७ हजार पाँच सय,तेस्रो हुनेलाई रु ५ हजार त्यसैगरी २ जना सान्त्वनालाई रु २ हजारका दरले प्रमाण पत्र सहित पुरस्कार उपलब्ध गराउने जनाएको छ । प्रतियोगीता सम्पन्नकालागी रामधुनी नगरपालीका त्यसैगरी बिभिन्न संघ संस्थामा जनसंख्या तथा वातावरण संरक्षण संस्था(पिको),सुसासनकालागी युवा,ईनोभेटिभ सर्कल,खवर पाउँ समुह र साकारात्मक परिवर्तकालागी युवा संस्थाहरुको संयुक्त सहकार्यमा अयोजना हुने छ ।