नव निर्वाचत समितिका पदाधिकारीहरु
प्रमुख अतिथि सुुशिला चौधरी बोल्दै

झुम्का, श्रावण २२,
थारु महिला सभा रामधुनी नगर कमिटिद्धारा वडा इकाई गठनको क्रममा आज वडा नं. ९मा थारु महिला सभा गठन भएको छ । कार्यक्रम श्री चन्द्र कमल मावि को भवनमा वडा नं ९का सम्पुर्ण महिलाहरुलाई एकिकृत गरी स्थानिय तहबाटै जागरुक र अग्रसर बनाउने उद्धेश्यले एकाई गठन गरेको हो । यसका साथै थारु समुदायमा निहित संस्कार र संस्कृति जगेर्नामा महिलाको महत्वपुर्णा भुमिका रहने भएकोले उनिहरुमा संस्कार, संस्कृति सरकारी बजेट निकासा, समाजिक नेत्रितत्व प्रति सचेत एवं जाकरुक गराउने पनि उक्त कार्यक्रमको उद्धेश्य रहोको विशिष्ट अतिथि था क स केन्दिय सल्लाहकार रामराज चौधरीले बताउनु भयो । थारु. महिला. सभा. नगर समितिका अध्यक्ष सिता चौधरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वडा नं. ९ का ६ वटा गाँउका महिलाहरुको सहभागितामा, ११ सदसिय समिति गठन गरिएको छ । नव निर्वाचित समिति अन्तर्गत अध्यक्षमा शुष्मा चौधरी, उपाध्यक्षमा कविता चौधरी, सचिवमा कल्पना चौधरी, सहसचिवमा जमुना चौधरी, कोषाध्यक्षमा रामकुमारी चौधरी, त्यसैगरी सदस्यहरु कोशिला , सुमिन्त्रा, अजिता, गिता, सीमा,गया चौधरी रहेका छन ।

थारु महिला सभा नगर अध्यक्ष सिता चौधरी
थारु महिला सभा वडा नं. ९ अध्यक्ष शुष्मा चौधरी

 

त्यसैगरी प्रमुख सल्लाहकारमा रामराज चौधरी,सल्लाहकारहरुमा घनश्याम चौधरी, मनोज कुमार चौधरी , नविन कुमार चौधरी, धिरेन्द्र चौधरी, त्यसैगरी कारी चौधरी, सुनीता, लालकुमारी, बबिता, निलम, विष्णु चौधरी रहेका छन । 

कार्यक्रममा प्रमुख अतिथि थारु महिला सभा सुनसरी जिल्ला अध्यक्ष सुशिला चौधरी रहनुभएको थियो भने अतिथिहरुमा थारु पत्रकार संघ सुनसरी सभापति कुलदिप चौधरी, सुनसरी फोनिज सभापति धिरेन्द्र चौधरी, आदिवासी जनजाति महासंघ रामधुनी नगर अध्यक्ष राजकुमार चौधरी, थाकस जिल्ला सचिव मनोज कुमार चौधरी, रामधुनी ९ वडाध्यक्ष घनश्याम चौधरी रहेका थिए । उहाहरुले थारु संस्कार संस्कृति जगेर्ना, सम्रक्षण, सम्वद्र्धन, समाजमा महिला नेत्रित्वको विकास एवं महिलाहरुको भुमिका सम्वन्धमा मन्तव्य व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रम फोनिज अध्यक्ष धिरेन्द्र चौधरीको संयोजक्त्वमा भएको थियो भने कार्यक्रम संचालन थारु महिला सभा नगर समितिका सचिव रेणुका चौधरीले गरेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen