रामधुनी,साउन २२ । रामधुनीको वडा नं. ३ स्थित पिप्राहा खेल मैदानमा स्कुल स्तरीय नकाउट फुटबल प्रतियोगीता हुने भएको छ । लालि गँुरास बिकास केन्द्र रामधुनीको आयोजनामा साउन २८ गते समुद्धघाटन र फाईनल खेल भदौ ५ गते हुने जनाएको छ ।
प्रतियोगीतामा रामधुनीका १३ बिध्याल्यकोे सहभागी रहेको छ । समुह “ए” मा पञ्चायन माबि पिप्राहा,नव दिप बोर्डिङ्ग स्कुल बक्लौरी,बि.एस. मोडल रामधुनी बोर्डिङ्ग स्कुल झुम्का,शिवनगर माबि शिवनगर,एल.ई.एस. बोर्डिङ्ग स्कुल झुमका ,नमुना अ स्कुल झुम्का र जनता माबि सिंगीया रहेको छ । समुह “बि” मा रामधुनी बोर्डिङ्ग स्कुल झुमका,लर्डबुद्ध बोर्डिङ्ग स्कुल झुम्का, युनिक सगरमाथा बोर्डिङ्ग स्कुल झुम्का, आदर्श माबि बक्लौरी, राईजिङ्ग स्टार बोर्डिङ्ग स्कुल बक्लौरी र युनिक एकेडेमी बोर्डिङ्ग स्कुल झुम्का रहेको छ । प्रतियोगीता प्रत्येक दिन दुई खेल हुने छ । खेल पिप्राहा खेल मैदानमा दिउसो दुई बजे देखि हुने आयोजकले जनाएको छ ।