झुम्का,साउन २१ । सुनसरी जिल्लामा थारु महिला सभाले प्रत्येक स्थानिय तहको वडामा कमिटि गठन गरीरहेको छ । महिला सशक्तिकरण,अधिकार,कला संस्कृति संरक्षण तथा महिला नेतृत्व बिकासकालागी सुनसरीको थारु बाहुल्य स्थानिय तहमा वडा समिति गठन गर्ने क्रम्मा सनिवार साबिक खनार गाबिस हाल ईटहरी १० र १३ नं. वडामा कमिटि गठन गरेको हो । यस भन्दा पहिले नगर कमिटि गठन गरी सकेको छ ।
महिला सभा ईटहरी नगर कार्य समितिका अध्यक्ष सुसिला लेखिको सभापत्वि एवं जिल्ला सभापति सुसिला चौधरीको प्रमुख आतिथ्यतामा वडा समिति गठन गर्दै नव निर्वाचित थारु वडा अध्यक्षहरुलाई समेत कार्यकालको सफलताको कामना गर्दै दो सल्लाह र सम्मान पत्रले सम्मान गरेको छ । सम्मान ईटहरी वडा नं. १० का वडा अध्यक्ष प्रकास चौधरी,वडा नं. ११ का रुपेश चौधरी र वडा नं. १३ का सिव नारायण चौधरीलाई प्रमुख अतिथि शुसिला चौधरीले सम्मान गरेको हो । अबका दिनमा थारु महिला पनि नेतृत्व पंक्तिमा आउनकालागी गरेको समिति गठनमा वडा नं. १० मा अध्यक्ष पशुपति बिश्वास,उपाध्यक्ष जिता चौधरी,सचिव देव कुमारी चौधरी,कोषाध्यक्ष रेखा चौधरी रहेका छन् ।
त्यसैगरी वडा नं. १३ मा अध्यक्ष बिन्दा चौधरी,उपाध्यक्ष अभिन्त्रा चौधरी,सचिव जया चौधरी,कोषाध्यक्ष सिला कुमारी चौधरी समितिमा रहेका छन् । कार्यक्रममा महिला सभा जिल्ला अध्यक्ष सुसिला चौधरी,थाकस केन्द्रिय सल्लाहकार रामराज चौधरी, केन्द्रिय सदस्य उर्मिला चौधरी,आदिवासि जनजाती महासंघ रामधुनी अध्यक्ष राजकुमार चौधरी, थाकस ईटहरी नगर अध्यक्ष दुखिलाल चौधरी,चित नारायण चौधरी ,केदार श्रेष्ठ,रामपरी चौधरीले पहिचानकालागी पुर्व देखि पश्चिम सम्मका थारु महिला संगठित हुनुपर्नेमा जोड दिनु भयो ।