रेडियो रामधुनी श्रावण १७,
युवाहरुको सार्थक सहभागिताको अपरिहार्यतालाई मनन गर्दै चाँदबेलामा युवा संजालको गठन गरिएको छ । सामाजिक सद्भाव, एकता प्रवद्र्धन तथा स्थानीय विकासमा पारदर्शिता सहितको जवाफदेहिता अभिवृद्धिका लागि युवा संजाल गठन गरिएको हो । इनरुवा ७ चाँदबेलामा आयोजित अभिमुखिकरण कार्यक्रमकावीच संजालको गठन गरिएको हो । प्रल्लाद चौधरीको अध्यक्षतामा गठित युवा संजालमा दलित, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति र मुस्लिम गरी ११ जना सदस्य रहेका छन् । संजालले सर्वसाधारणमा सूचनाको हकको प्रभावकारीता र विश्वसनियतालाई ध्यानमा राख्दै अघि बढ्नेमा विश्वस्त रहेको बताए । कार्यक्रम सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा संयन्त्र चाँदबेलाको संयोजन र यूएनडीपीको सहयोगमा संकल्प सी.बी.आर.नेपालले आयोजना गरेको थियो । नेपाल राष्ट्रिय मावि चाँदवेलामा सम्पन्न कार्यक्रममा ५३ जना युवाहरुको सहभागिता रहेको थियो ।