रेडियो राधुनी । झुम्कामा शुक्रबार नेवा देय दवु नगर समन्वय समितिले औपचारीक कार्यक्रम गरी लाखे नाच तथा साप्ताहिक गाईजात्रा कार्यक्रमको थालनी गरेको छ । संस्थापक अध्यक्ष एवं संरक्षक श्री शयाम कुमार श्रेष्ठले कार्यक्रमको उद्धेश्य दर्शाउदै जनै पुर्णिमाको दिन शुरुहुने नेवार जातिको महत्वपुर्ण पर्व लाखे तथा गाँईजात्रा यसपाली ऊक्त दिन चन्द्रग्रहण परेको हुनाले आज अर्थात नाग पञ्चमीको दिनकै शुभ अवसरमा यो कार्यक्रम थालनी गरेको बताउदै, छरिएर रहेका नेवार समुदाय र तिनका लोपउन्मुख संस्कार र संस्कृति जगेर्नाका लागि एकजुट गराउने तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमको मुल उद्धेश्य रहेको बताउनुभयो ।

 

नेवा देय दबु नगर समन्वय समितिका अध्यक्ष केदार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा रामधुनी नपा का नगर अध्यक्ष जयप्रकाश चौधरीको प्रमुख अतिथ्यता तथा उप प्रमुख सविना चौधरी लगायत नौ वटै वडाका वडाअध्यक्ष, समाजसेवी, संघ संस्थामा आवद्ध व्यक्तिहरुको आतिथ्यता रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथि तथा अतिथि गणहरुलाई समितिका पदाधिकारी तथा सम्पुर्ण नेवा देय परिवारले फुल तथा अविर द्धारा सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जय प्रकास चौधरीले हाम्रो देश नेपाल, संस्कार र संस्कृतिहरुको संगालो भएको र संस्कार र संस्कृति नरहे हामि रहन्नोै किनकि संस्कृति र परम्परा नै हाम्रो पहिचान हो र यसलाई जोगाई राख्नुपर्दछ बताउनु भयो । त्यसैगरी उहाले नगरका हरेक जातजातिको संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न हामि सधैँ तत्पर रहने प्रतिबद्धता समेत जनाउनु भयो । उप प्रमुख सविना चौधरीले आफ्नो बाल्यकालका बुझाई प्रस्तुत गर्दै बताउनुभयो “पहिला लाखे नाच देख्दा अनौठो लाग्दो र डरलाग्दो लाग्ने लाखे भित्र मानिस नै हो कि राक्षस हो जस्तो लाग्ने नाच पछि आएर यो हाम्रै समुदायको एक महत्वपुर्ण संस्कार रहेको थाहा भयो ।” कार्यक्रममा उहा लगायत वडा नं. ५ का वडाध्यक्ष डेगराज फुयाँल, वडा नं. ८ का रुद्र वहादुर बस्नेत, त्यसतै थारुमहिला उत्थान समाजकी अध्यक्ष सिता चौधरी लगायतले आदिबसी जनजातिका चाहे लाखे नाच, होस या धुम्रानाच होस या जुनसुकै रितिरिवाज परम्परा किन नहोस् ती सबै उतिकै महत्वपुर्ण रहेको बताउदै लाखे तथा गाईजात्राको सफलताको नेवा देय दबु समन्वय समितिलाई शुभकामना प्रदान गरेका थिए । औपचारिक कार्यक्रम पश्चात झुम्केशवरी राधा कृष्ण मन्दिर बाट लाखे नाच सहित यात्रा प्रारम्भ गरिएको थियो । उक्त यात्रा एक साता सम्म नगरका विभिन्न स्थानको परिक्रमा पश्चात समापन हुने समन्वय समितिका अध्यक्ष केदार श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen