झुम्का,साउन ८ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा रामचन्द्र गौतमले यस वर्ष जनै पूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन रक्षाबन्धन गर्ने पञ्चाङ्ग समितिले निर्णय गरेको जानकारी दिएका छन् । ज्योतिषाचार्य डा वीरेन्द्रप्रसाद कायष्ठद्वारा लिखित ‘ज्योतिष र रोग’ नामक पुस्तकको शनिबार विमोचन कार्यक्रममा गौतमले ग्रहणका कारण नागपञ्चमीका दिन रक्षाबन्धन गर्नुपर्ने बताएका हुन् ।
पुस्तकको शनिबार विमोचन गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्योतिषशास्त्रलाई धर्म र संस्कृतिभन्दा पनि विज्ञानको दृष्टिले हेर्नुपर्ने बताएका छन् ।उनले विज्ञानले नै ग्रह र नक्षत्रको प्रभाव हुने पुष्टि गर्दै आएको बताउँदै ज्योतिषशास्त्रलाई पनि विज्ञानसम्मत बनाउनुपर्ने र सरकारले ज्योतिषशास्त्रबारे अध्ययनअनुसन्धान गर्ने बन्दोबस्त गर्नुपर्ने सुझाव दिए । ज्योतिषशास्त्रलाई भाग्यवाद र नियमित आकस्मिकताको पर्याय बन्नबाट रोक्न उहाँले ज्योतिषाचार्यलगायतलाई आग्रह गरे ।कार्यक्रममा नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे र विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले सरकारबाट ज्योतिषशास्त्र उपेक्षित बन्दै आएको भनी दुःख व्यक्त गरेका छन् ।कार्यक्रममा वास्तुविद् डा माधवमंगल जोशी र राजुमृग्रेन्द्र जोशी, नेपाल ज्योतिष परिषद् उपत्यका समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशी, उपाध्यक्ष केदारप्रसाद जोशीलगायतले ज्योतिष शिक्षाबारे जान्न चाहनेका लागि पुस्तकले आधारभूत ज्ञान दिने बताए ।लेखक डा कायष्ठले पुस्तकलाई दुई खण्डमा बाँडेर २३ लेखलाई कृतिमा संग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen