रामधुनी,असार ३ । थारु महिला उत्थान समाज रामधुनीले नव निर्वाचित रामधुनीका मेयर जय प्रकास चौधरीलाई थारुहरुको पहिचानको रुपमा रहेको पगरी लगाएर मंगलवार एक कार्यक्रमका बिच सम्मान गरेको छ भने उप मेयर सबिना चौधरीलाई साउन महिनाको सुरुवात संगै मेहंदी र हरियो चुरा लगाएर सम्मान गरेको हो ।
समाजले बधाई तथा सम्मान कार्यक्रमबाट वडा नं. १ का वडा अध्यक्ष महेस कुमार चौधरी, वडा नं. २ का रामनारायण चौधरी, वडा नं. ३ का राजकुमार चौधरी, वडा नं. ४ का मनेष चौधरी, वडा नं. ५ का डेगराज फुयाल, वडा नं. ६ का हेमनारायण राजधामी, वडा नं. ७ का केशव गौतम, वडा नं. ८ का रुद्रबहादुर बस्नेत, वडा नं. ९ का घनश्याम चौधरीलाई सम्मान पत्र तथा फुलमालाले कार्यकाल सफलताको कामना गर्दै संस्थाकी अध्यक्ष सिता चौधरीले सम्मान गरेको हो । त्यसैगरी कार्यपालिकाको सदस्य र निर्वाचित वडा सदसयहरुलाई संस्थाका उपाध्यक्ष बिमला चौधरी,कोषाध्यक्ष आशा चौधरी,सचिव रन्जिता चौधरी,सहसचिव लिलि चौधरीले सम्मान पत्र तथा फुलमालाले सम्मान गर्दै महिलाको हक अधिकारलाई स्थापित,थारु लगायत सबै जातजातीको संस्कार संस्कृतीलाई संरक्षणकालागी स्थानिय तहबाट हुनु पर्नेमा ध्यान आकर्षण गराए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै रामधुनीको नव निर्वाचित मेयर जय प्रकास चौधरीले नगरमा ४ प को आवश्यक्ता रहेको बताउनु भएको छ । समाजले जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले पहिचान, पहुच,प्रतिनिधि र परिवर्तनको खाचो रहेकोले यसलाई संरक्षण गर्नु पर्ने बताउनु भयो ।
मेयर चौधरीले महिलाहरुको अधिकारमा पहुचकालागी कुनै अबरोध नराख्ने बताउदै महिलामाथी दुरब्यवहार र हिंसा गर्ने जो कोहीलाई तरवारको धारले काटे जस्तै कारवाहिमा ल्याउने बताउनु भयो । रामधुनी वासीहरुलाई छिट्टैनै राम्रो बाटो घाटोको अनुभुति दिलाउने समेत उहाँले प्रतिबद्धता जनाउनु भयो । नगरका उप मेयर चौधरीले पछाडी परेका थारु लगायत सबै जातजातीका महिलाहरुको उत्थानकालागी कामगर्ने बताउनु भयो । अधिकारकालागी उत्थान समाजले बिभिन्न सिप बिकास,शिक्षामा पहुच गराउने, लैंगीक भेदभाव बिरुद्ध लाग्ने,नेतृत्व बिकास लगायतका कार्यक्रम ल्याउनु पर्नेमा उप मेयर चौधरीले बताउनु भयो । नमुना र समृद नगर बनाउन जनप्रतिनिधिको मात्र हैन सबैको सहयोगको आवश्यक रहेको समेत उहाँ बताउनु भयो ।
कार्यक्रम्मा वडा अध्यक्ष महेस कुमार चौधरी,रामनारायण चौधरी,थारु कानुन ब्यवसाय केन्द्र अध्यक्ष रामराज चौधरी,आदिवासी जनजाती महाँ संघ पुर्व जिल्ला उपाध्यक्ष तेजनारायण चौधरी,थारु पत्रकार संघ जिल्ला अध्यक्ष कुलदिप चौधरी,पुर्व भासि अध्यक्ष संकरलाल चौधरीले मन्तब्य राखेका थिए । क्षेत्रिय कृषि तालिम केन्द्र झुम्काको तालिमहलमा भएको कार्यक्रममा थारु परीकार “बगीया” र “चटनी”ले उपस्थित सबैलाई स्वाद चखाएका थिए भने कार्यक्रम रेडियो रामधुनीका कार्यक्रम संयोजक सुनिल चौधरीले सञ्चालन गरेको थियो ।
