झुम्का,असार २० । रामधुनी नगरपालीकामा मतदगणना सम्पन्न भएको छ । वडा नं. १ देखि वडा नं. ९ सम्म मंगलवार बिहान सम्पन्न भएको निर्वाचन अधिकृत टुवराज पोख्रेलले जानकारी दिनु भयो ।
सम्पन्न मतपरीणामबाट रामधुनीको मेयरमा नेपाली काग्रेशका जयप्रकाश चौधरी ९ हजार ७ सय ६ मतले बिजय हुनु भएको छ । प्रतिद्धन्दि मेयर एमालेका नन्द कुमार बस्नेतको ८ हजार ८ सय ५० ल्याउदा चौधरी ८ सय ५६ बढि मतले बिजय हुनु भएको छ । उप मेयरमा एमालेका सबिना चौधरीको ९ हजार ७ सय ४२ मतले बिजय हुदा प्रतिद्धन्दि नेपाली काग्रेसका उमेदवारको ७ हजार ९ सय २६ मत ल्याउदा चौधरी १ हजार ८ सय १६ मत बढिले जित सुनिश्चित भएको हो ।
मतपरीणाम अनुसार वडा अध्यक्षमा नेपाली काग्रेसले वडा नं. १,३ र ४ मा बिजय भएको छ भने वडा नं. २,५,६,७,८ र ९ मा नेकपा एमालेले बिजय हासिल गरेको छ । वडा नं. १ मा नेपाली काग्रेसले प्यानल आउदा एमालेले वडा नं. ६,७,८ र ९ प्यानल जितेको छ । वडा नं. २,३ र ४ मा भने मिश्रित उमेदवारहरु बिजय बनेका छन् ।
वडाहरुमा भने वडा नं. १ को नेपाली काग्रेसका अध्यक्ष महेश चौधरी प्यानल सहित महिला सदस्य उमादेवि थरुनी,दलित महिला सदस्यमा पार्वती देवि सरदार,सदस्य देवराज पोख्रेल,सदस्य हरिवंश शाह बिजय भएका छन् । वडा नं. २ मा मिश्रित बिजय हुदै अध्यक्ष रामनारायण चौधरी (एमाले),महिला सदस्य राधादेवि बस्नेत(एमाले),दलित महिला सदस्य कमली मोची (एमाले),सदस्य अन्तराम चौधरी (एमाले),सदस्य ः शुरेस शाह (नेपाली काग्रेस)बाट बिजय भएको हो । वडा नं. ३ मा पनि मिश्रित बिजय हुदै अध्यक्षमा राजकुमार चौधरी (नेपाली काग्रेस),महिला सदस्य टिका लक्ष्मी श्रेष्ठ (एमाले),दलित महिला सदस्य शोभा सदा(एमाले),सदस्य बिन्देश चौधरी (एमाले)सदस्य नारायण श्रेष्ठ(नेपाली काग्रेस) त्यसैगरी वडा नं.४ मा पनि मिश्रित बिजय बन्दै वडा अध्यक्षमा मनेष चौधरी (नेपाली काग्रेस),महिला सदस्य कमल कार्की (एमाले),दलित महिला सदस्य चन्द्र माया बिक (नेपाली काग्रेस),सदस्य देबि प्रसाद खत्री (नेपाली काग्रेस),सदस्य तिलक कुमार दाहाल (नेपाली काग्रेस) बिजय भएको छ । वडा नं. ५ को अध्यक्षमा डेगराज फुयाल (एमाले),महिला सदस्य साधना देवि चौधरी (नेपाली काग्रेस),दलित महिला सदस्य मनोदेवि सरदार (नेपाली काग्रेस),सदस्य नन्दराज फुयाल (नेपाली काग्रेस),सदस्य भरत नेपाल (नेपाली काग्रेस) त्यसतै वडा नं. ६ मा एमालेको प्यनल बिजय हुदै वडा अध्यक्षमा हेमनारायण राजधामी,महिला सदस्यमा लक्ष्मी चौधरी,दलित महिला सदस्यमा लिलिया सदा,सदस्य पन्नालाल चौधरी ,सदस्यमा हेमा संकर राई बिजय भएको छ । वडा नं. ७ मा पनि एमाले प्यानल बिजय हुदै वडा अध्यक्षमा केशव गौतम ,महिला सदस्यमा ललकी चौधरी,दलित महिला सदस्य तेत्री खत्वे,सदस्यमा काशीलाल चौधरी,सदस्य राजेश लिम्बु त्यसैगरी वडा नं. ८ को प्यनल सहित एमालेको रुद्र बहादुर बस्नेत वडा अध्यक्षमा बिजय हुदै ,महिला सदस्य दुर्गा भटराई,दलित महिला सदस्य चन्द्र माया बिक,सदस्य जगत नारायण चौधरी,सदस्य चन्द्रमान उराँव त्यसैगरी वडा नं. ९ को अध्यक्षमा घनश्याम चौधरी ,महिला सदस्य योगेन्द्र खडका ,दलित महिला सदस्य पुष्पलाल चौधरी, सदस्य शोनिया थरुनी,सदस्य रिता कुमारी सर्मा बिजय भएको छ ।
रामधुनीमा ३० हजार ३ सय ५६ मतसंख्यामा २२ हजार ६ सय २४ मत खसेको सहायक निर्वाचन अधिकृत सुर्य प्रसाद गौतमले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen