सुनिल चौधरी
झुम्का, असार १५ । रामधुनी नगरपालिकाको मतगणना आज बिहान ८ बजेदेखि भासिमाबिमा हुने छ । बुधवार राति बसेको सर्वपक्षिय दलको बैठकको निर्णय अनुसार वडा न १ देखि मतगणना सुरु गर्ने समेत सहमति भएको छ ।
रामधुनीमा हिजो भएको स्थानिय तहको चुनावमा २२ हजार ६ सय २४ मत खसेको छ । बिभिन्न मतकेन्द्रमा भएको मतदानको अन्तिम परिणाम अनुासार ३० हजार ३ सय ५६ मतसंख्यामा २२ हजार ६ सय २४ मत खसेको सहायक निर्वाचन अधिकृत सुर्य प्रसाद गौतमले जानकारी दिएको छ ।
वडा नं. १ मा भासि माबिमा भएको सो मतदान केन्द्रमा २ हजार ६ सय ९० जनाको मत खसेको छ । सो मतदान केन्द्रमा ३ हजार ५ सय ६५ मतादाता संख्यारहेको थियो ।
वडा नं. २ को सिवनगर माबि सिवनगरमा भएको मतादान केन्द्रमा २ हजार २ सय ४४ मत खसेको छ । सो मतदान केन्द्रमा २ हजार ९ सय ८६ मतादाता संख्या रहेको थियो ।
वडा नं. ३ को जनता माबि सिंगीयामा भएको मतादान केन्द्रमा २ हजार ६ सय ४४ मत खसेको छ । सो मतदान केन्द्रमा ३ हजार ५ सय ३० मतादाता संख्या रहेको थियो ।
वडा नं. ४ को रामधुनी माबि लालपुरमा भएको मतादान केन्द्रमा २ हजार ७ सय ५७ मत खसेको छ । सो मतदान केन्द्रमा ३ हजार ६ सय ५६ मतादाता संख्या रहेको थियो ।
वडा नं. ५ को सिचाई कार्यलय झुम्कामा भएको मतादान केन्द्रमा २ हजार ४ सय १९ मत खसेको छ । सो मतदान केन्द्रमा ३ हजार ३ सय ५६ मतादाता संख्या रहेको थियो ।
वडा नं. ६ को आदर्श माबि र पञचायत माबि ईचोलमा भएको मतादान केन्द्रमा २ हजार ८ सय ४४ मत खसेको छ । सो मतदान केन्द्रमा ३ हजार ८ सय १५ मतादाता संख्या रहेको थियो ।
वडा नं. ७ को पञ्चायत प्राबि पञ्चायन धाम र पञ्चायत माबि कुमरखतमा भएको मतादान केन्द्रमा २ हजार ९ सय ७६ मत खसेको छ । सो मतदान केन्द्रमा ३ हजार १ सय ८० मतादाता संख्या रहेको थियो ।
वडा नं. ८ को सेरा प्राबि डुम्राहामा भएको मतादान केन्द्रमा १ हजार ७ सय १७ मत खसेको छ । सो मतदान केन्द्रमा २ हजार ३ सय ४६ मतादाता संख्या रहेको थियो ।
वडा नं. ९ को चन्द्र कमल माबि मिचैयामा र शनिश्चरे माबि डुम्राहामा भएको मतादान केन्द्रमा २ हजार ३ सय २३ मत खसेको छ । सो मतदान केन्द्रमा २ हजार ९ सय १४ मतादाता संख्या रहेको थियो ।
रामधुनी वडा नं. १ देखि ९ सम्म १२ मतदान केन्द्र रहेको थियो । सबै मतदान केन्द्रहरुमा सान्ति पुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen