145

झुम्का,असार ८ । रामधुनी नगरलाई प्रदेश नं. १ कै उत्कृष्ट धार्मिक क्षेत्र बनाउने नेपाली काग्रेसकोे योजना रहेको छ । इटहरी मिडिया सेन्टरले आज बिहीबार बिहान इटहरीमा गरेको कार्यक्रममा रामधुनी नगरपालीका नेपाली काग्रेसका मेयरका उम्मेरद्वार जय प्रकाश चौधरी यस्तो प्रतिबद्दता जनाएका हुन् ।
निष्ठावान राजनीतिज्ञको छवि बनाएका नेपाली काँग्रेस सुनसरीका पूराना नेता जय प्रकास चौधरीले रामधुनीलाइ नमुना आर्थिक कारोबार स्थल बनाउने समेत बताए । रामधुनीका मेयर उमेदवार चौधरीले धार्मीक पर्यटनको बिकास गरेर रामधुनीलाइ आर्थीक कारोबारको स्थल बनाउने बताए । चौधरीले रामधुनीलाई प्रदेश नं. १ कै धार्मिक क्षेत्र बनाउने योजना रहेको सुनाए । घनाजंगलको माझमा अवस्थित रामधुनी मन्दिर र मन्दिर परिसरमा रहेका सहायक मन्दिर, कलसकुण्ड (पोखरी), धर्मशाला लगायतका भौतिक संरचनाहरुको मर्मत तथा पुनःनिर्माण गरिरामधुनी क्षेत्रमा व्यवस्थित वनभोज स्थल पनि निर्माण गरिने बताए ।
चौधरीले झुम्कालाई किसानले उत्पादन गरेको उत्पादित सामग्री विक्री केन्द्र बनाउने पनि बताए । एक हजार जना अटाउन सक्ने क्षमताको सिटी हल निर्माण, व्यवस्थित पुस्तकालय, रामधुनी क्षेत्रमा पर्ने वस्ती र वडालाई जोड्ने बृहत्तर रामधुनी चक्रपथ निर्माण गर्ने योजना रहेको मेयरका उम्मेदवार चौधरीले पत्रकार सम्मेलनमा सुनाए ।
उनका अनुसार, इलाका प्रहरी कार्यालयलाई नमूना प्रहरी कार्यालय बनाउने, हरियाली र सफा रामधुनी बनाउने पनि चुनाबी एजेन्डा रहेको छ। यस्तै, पानीटङ्की विस्तार, रामधुनी क्षेत्रमा ५० बेडको हस्पिटल निर्माण, महिला, जेष्ठ नागरिक र दलित समूदायको हितका निम्ति विशेष कार्यक्रम ल्याइने पनि चुनाबी एजेन्डा रहेको चौधरीले सुनाए ।
अहिले शहरी क्षेत्रको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन रामधुनीमा पनि छ । यसलाई समाधान गर्ने, रामधुनी क्षेत्रको कृषि केन्द्रलाई कृषि कलेज बनाउने, भासी कलेजको स्तरोन्नति गर्ने र बक्लौरीमा व्यवस्थित कलेज निर्माण गर्ने एजेन्डा रहेको पत्रकार सम्मेलनमा प्रतिबद्ता जनाए । चौधरीले सम्पूर्ण जातजाति, वर्ग, क्षेत्रलाई संगठीत गरि साझा अभिभावक भएर काम गर्ने बताउँदै भने, ‘म वर्ग संघर्षको कुरा गर्दिन् । समानताको कुरामा जान्छौं ।’

123

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen