सुनिल चौधरी
झुम्का,असार ७ । जिल्ला स्वस्थ्य कार्यालय सुनसरीको आयोजनामा झुम्काको स्वस्थय चौकीमा बुधवार सुर्ति जन्य पदार्थ नियँन्त्रण सम्बन्धि एक दिने अभिमुखिकरण सञ्चालन गरेको छ । सुर्ति जन्य पदार्थ इजाजत लिएका पसलले मात्र बिकृ बितरण गर्न पाउने राज्यले ल्याएको ऐन सम्बन्धमा जानकारी गराउदै नियनत्रणकाबारेमा अभिमुखिकरण दिएका छन् ।
सो कार्यक्रममा सुर्ति जन्य पदार्थबाट लाग्ने नसर्ने रोग रोकथामका बोरमा जिल्ला स्वस्थ्यकार्यालयका निरिक्षक गजेन्द्र यादवले सहजिकरण गर्नु भएको झुम्का स्वस्थय चौकीका ईन्चार्ज पर्शुराम शाहले रेडियो रामधुनीलाई जानकारी गराउनु भयो । कार्यक्रममा एस.बि. दिलिप कुमार चौधरी,युथक्रिएशनबाट तुलसी शाह त्यसैगरी स्वयमसेविका प्रतिनिधिहरु,बालबालिका,किशोर किशोरी लगायतका ४० जनाको अभिमुखिकरणमा सहभागीता रहेको थियो ।