IMG_20170619_165447

(थारु पत्रकार संघ सुनसरीका सचिव सुनिल चौधरी)
झुम्का, । थारु पत्रकार संघ नेपाल शाखा सुनसरीले सञ्चालन गरेको रेडियो तथा मञ्चिय उद्धघोषण तालिम लिएर प्रशिक्षार्थिहरु सक्षम बन्दै ३ दिने तालिमको समापन कार्यक्रम उनीहरुलेकै उद्धघोषणबाट सम्पन्न भएको छ । तालिम समापनको औपाचारीक कार्यक्रममा प्रशिक्षार्थि मध्ये आशा चौधरीले उद्धघोषण गर्दै सम्पन्न भएको हो ।
संघका अध्यक्ष कुलदिप चौधरीको सभापतित्वमा तालिमको समापन कार्यक्रममा अध्यक्ष चौधरी,प्रमुख अतिथी कानुन ब्यवसायी रामराज चौधरी,थारु महिला उत्था समाजकी सिता चौधरी, थारु महिला सभाकी सुसिला चौधरी,फोनिज अध्यक्ष धिरेन्द्र चौधरी,एल एन गच्दारले सहभागी सबै प्रशिक्षार्थि लाई प्रमाण पत्र बितरण गरे । तालिममा सहभागी बन्दै झुम्काकी आशा चौधरी,सिता चौधरी,लिलि चौधरी त्यसैगरी ईटहरीकी चिना खवास मञ्चिय उद्धघोषकालागी उत्कृष्ट रहेको अध्यक्ष चौधरीले बताए । यस तालिमले सबै प्रशिक्षार्थिहरुमा उद्धघोषणकला ज्ञान संगै नेत्ृव बिकास भएको अध्यक्ष चौधरीले दाबि गर्नु भयो ।
थारु भाषाको तालिममा पहिलो पटक सहभागी हुन पाउदाँ प्रशिक्षार्थि अनिता चौधरीले खुसि ब्यक्त गर्दै अबका दिनमा कार्यक्रमहरुमा निर्धक्क द्धघोषण गर्न सक्ने बताईन् । तालिम प्रभावकारी रहेको भन्दै यसबाट उद्धघोषणका प्राबिधि ज्ञान हासिल गरी स्टेजमा कार्यक्रम सञ्चालन गर्दा अब कुनै समस्या नहुने अर्का सहभाी सञ्जु चौधरीले बताईन । आपनै मातृभाषामा तालिम लिन पाउदा स्पष्ट भएको भन्दै संघले फेरीपनि यस किसिमका तालिम ल्यानुपर्ने बक्लौरीका सिता चौधरीले अनुरोध गरीन् । तालिमबाट थारु भाषामा उद्धघोषण गर्दा भाषिक सुद्धता,सब्द चयन गर्ने तरिका अतिथीहरुको आसनग्रंहण गराउने क्रमतालिकाका कुराहरु जानकारी पाउँदा आफुमा उद्धघोषण गर्न सक्ने क्षमता बिकास भएको झुम्काकी गायाबति चौधरीले बताईन् ।
सो तिन दिने तालिममा पत्रकार कुलदिप चौधरी,धिरेन्द्र चौधरी,एल.एन. गच्छदार,सुनिल चौधरी,कानुन ब्यवसायी रामराज चौधरीले सहजिकरण गरेका थिए । सहभागी ईटहरी,बक्लौरी, ईनरुवा,सिंगीया,झुम्काबाट ४० जनाको सहभागीतामा असार २ गतेबाट तालिम सुरु भएको थियोे ।

IMG_20170619_142828

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen