सुनिल चौधरी झुम्का, असार ४ । नयाँ शक्ति पार्टिले चुनाव चिन्ह नपाउदा मनोनयन दर्ताकालागी रामधुनीमा उमेदवारी दर्ताबाट बञ्चित भएको छ । पार्टिले संघीय समाजवादि फोरम बिच गठबन्धनगरी मसाल चुनाव चिन्हमा सयुक्त उमेदवार दिने राष्ट्रिय सहमति अनुसार रामधुनीमा हुन नसकदा दर्ताबाट बञ्चित भएको हो ।
नयाँ शक्ति पार्टि नेपाल रामधुनी नगर कमिटीको उमेदहरुको मनोन्यन दर्ता हुन नसक्दा एक पे्रस बिज्ञप्ति जारीगरी उमेदवारी नरहेको जानकारी गराएको छ । चुनाव चिन्ह नदिने निरंकुश कानुन मार्फत सृजित समस्याले आएको यो परिस्थीती प्रति पार्टिले बिज्ञप्ति मार्फत दुःख ब्यक्त गरेको छ । त्यसैगरी नयाँ शक्ति पार्टि र संघीय समाजवादि फोरम बिच सहमतिको कार्यान्वयन हुन नसक्दा धोका पुर्ण भएको भन्दै प्रचार प्रसारमा समेत लागी सकेका उप मेयर पदका प्रत्यासी राजेस चौधरीले प्रेश बिज्ञप्ति मार्फत उमेदवारी नरहेको जनाएको छ ।