IMG_20170618_124727

सुनिल चौधरी झुम्का,असार ४ । असार १४ गते हुने स्थानिय तहको चुनावकालागी आईतवार रामधुनीमा उमेदवार मनोनयन दर्ता शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । बिहान ८ बजे देखि सुरु भएको मनोनयन दर्ता प्रत्येक दलले उत्साह पुर्ण रुपमा झाँकी प्रदर्शन गरी दर्ता गराएको हो ।

दर्ता प्रकृया स्वतन्त्र उमेदवारको मेयर पदबाट सुरु भएको निर्वाचन अधिकृत टुवराज पोख्रेलले बताए । रामधुनी नगरपालिकाको कार्यालयमा भएको दार्ता ६ वटादलले मेयर उपमेयर र वडा अध्यक्ष सहित सदस्यहरुको नाम दर्ता गराएको छ । नेपाली काग्रेशको तर्फबाट मेयर पदकालागी जय प्रकाश चौधरी,उप मेयरमा बिजया कटवालको उमेदवारी दर्ता भएको छ । त्यसैगरी नेकपा एमालेबाट मेयरमा नन्द कुमार बस्नेत,उप मेयरमा सबिना चौधरीको उमेदवारी दर्ता भएको छ । माओवादी केन्द्रबाट मेयर पदमा दिनेश चौधरी र उप मेयरमा श्यामकुमारी शाह त्यसैगरी फोरम लोकतान्त्रिकमा मेयरमा केदार गेलाल,उप मेयरमा देवसरी चौधरी,संघिय समाजवादि फोरम नेपालबाट मेयरमा रामबहादर खडका र उप मेयरमा स   बिना चौधरीको उमेदवारी दर्ता भएको छ । रामधुनी नगरमा स्वतन्त्रको मेयर पदकालागी ४ जनाको उमेदवारी दर्ता भएको निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिएको छ । स्वतन्त्र मेयर पदकालागी राजन कुमार गौतमक,डिल्ली खनाल,मनराज दाहाल र सुर्यप्रसाद दाहालको मनोन्यन दर्ता भएको छ । त्यस्तै स्वतन्त्र उपमेयरमा शरस्वती पौडेल र चिर्तु चौधरीको रहेको जनाएको छ । झाँकी प्रदर्शन नेकपा एमाले,नेपालि काग्रेश,माओवादि केन्द्र र फोरम लोकतान्त्रिकले बैण्डबाजा सहित प्रदर्शन गरेका छन् । प्रदर्शमा स्वदेश गान गाउँदै गर्दा दर्ता गर्न आएका उमेदवार र समर्थ सबै रमाएका थिए ।

IMG_20170618_153906

IMG_20170618_153916

IMG_20170618_083448

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen