झुम्का,असार २ । थारु पत्रकार उत्पादनकालागी थारु पत्रकार संघ सुनसरीद्धारा रामधुनीको झुम्कामा सुक्रवारबाट ३ दिने रेडियो उद्धघोष तालिम सुरु गरेको छ । थारु समुदायको कला संस्कृति, भाषा,भेष मिडियामा आउन नसकेको अवस्थामा संघले प्रारम्भिक चरणमा रेडियो उद्धघोष तालिम सुरु गरेको हो ।
थारु भाषामै उद्धघोष कला सिपकालागी रामधुनी,ईटहरी,ईनरुवा,बक्लौरी लगायतबाट ४० जना सहभागी रहेका छन् । तालिममा बढि महिलाहरुको सहभागी रहेको छ । आपनै भाषमा उद्धघोषण तालिम लिन पाउदा उत्साहित हुदै सहभागीहरुले सञ्चार क्षेत्रमै कार्यक्षेत्र बनाउने समेत उनीहरुले बताएका छन् । उद्धघोषण गर्नकालागी रेडियोमा थारु कार्यक्रम सञ्चालकहरु कुलदिप चौधरी,सुनिल चौधरी,एलएन गच्छदार,धिरेन्द्र चौधरी त्यसैगरी अधिकार सम्बन्धमा कानुन ब्यवसायी रामराज चौधरीले सहजीकरण गरीरहनु भएको छ ।
संघका अध्यक्ष कुलदिप चौधरीको सभापतित्वमा भएको तालिम उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी रामराज चौधरीले मिडिया हाउँसमा थारु भाषाको छोटो समयको मात्र कार्यक्रम सञ्चालन हुने गरेकोमा अबको यस तालिम पश्चात थारु बाहुल्य रहेको सुनसरीमा प्रत्येक रेडियोमा थारु भाषाका सामाचार प्रसारणकालागी संघले जोडदिनु पर्ने बताए । यस थारु भाषा संरक्षणकालागी राज्यको पनि दायित्व हुनु पर्नेमा समेत उहाँले जोड दिए । दुई चार जना पत्रकारले मात्रै कुनै मुद्धाको बृहत गर्न नसक्ने भएको हुदा चारैतिरबाट सम्प्रेशन भएमात्र समुदायमा सामाचारको प्रभाव हुने बताउदै यस तालिमले धेरै पत्रकार उत्पादनगरी बृहत हुने धारणा रामधुनी नगरपालिकाका सामाजिक बिकास प्रमुख हर्षलाल चौधरीले बताए । कार्यक्रम्मा क्षेत्रिय कृषि तालिम केन्द्र झुम्काका प्रमुख बौवालाल चौधरीले थारु पत्रकारहरु औँलामा गन्ने अवस्थाले समुदायका मुद्धा उठान गर्न नकेसकेको हुदा यस किसिमका तालिमले पत्रकार उत्पादन भई संस्कार संस्कृतिका बारेमा खोजी निति हुने बताए । त्यसैगरी कार्यक्रममा फोनिज अध्यक्ष धिरेन्द्र चौधरी,थारु महिला उतथान समाज रामधुनीकी सिता चौधरी,सभाकी सुसिला चौधरी, जानकी चौधरी लगायतकाले बोलेका थिए भने तालिमका उधेश्यका बारेमा मोरंग अध्यक्ष एल एन गच्छदार र उपस्थित सबैलाई स्वागत सुनसरीका सदस्य नबिन चौधरीले गरेका थिए । तालिम रामधुनी वडा नं. ५ स्थित क्षेत्रिय कृषि तालिम केन्द् झुम्कामा भईरहेको छ ।