झुम्का,जेठ २८ । थारु पत्रकार संघ सुनसरी शाखाले गठन भएको छोटो समयमानै पत्रकार बिकासकालागी धेरै क्रियाकलाप गरीसकेका छन् । फलस्वरुप एैतिहासिक रुपमा नेपाल पत्रकार महाँ संघमा आबद्धत्ता बृदि गराउँदै जिल्ला कार्य समिति र प्रदेश पार्शदमागरी पाँच जनालाई निर्वाचित गराउन सफल भएको छ ।
त्यसैगरी पुर्वमा थारु पत्रकार उत्पादन तथा भाषा संरक्षणकालागी पत्रकार संघ सुनसरी र मोरंगले सनिवार सयुक्तरुपमा बसेको बैठकबाट बिभिन्न योजनाहरु अगाडी बढाउने निर्णय गरेको छ । पत्रकारीतामा पुर्वका जिल्लाहरुमा कृयाशिलताका आधारमा थारु पत्रकार कमै उपस्थिती हुने गरेकाले उपस्थितीको संख्या बढाउन र थारुको अवाज समुदायमा बुलंद गर्नकालागी ३ दिने रेडियो उद्धघोषण तथा पत्रकारीता तालिम गर्ने योजना ल्याएको छ । झुम्काको कृषि तालिम केन्द्रको हलमा सञ्चालन हुने तालिमबाट उत्कृष्टलाई एफ.एम.,रेडियोमा कार्यक्रम सञ्चालकालागी अवसर दिने सुनसरी शाखाका अध्यक्ष कुलदिप चौधरीले बताए । तालिम असार २,३ र ४ गते हुने शाखा सुनसरीले जनाएको छ । उद्धघोषण कला ज्ञानको जानकारी लिई रेडियोमा बोल्न सक्ने क्षमताकालागी त्यसतै स्टेज कार्यक्रमहरुमा निर्धक्क बोल्न सकने क्षमता बिकास गर्न लगायतका नेतृत्व बिकास गर्न चाह्ने ईच्छुकले तालिममा सहभागी हुन् अध्यक्ष चौधरीले अनुरोध गरेका छन् । आधुनिकमा आएर थारु भाषा बिर्सिदै गएको अवस्थामा संरक्षणकालागी सञ्चार माध्यम उपयुक्त रहेकाले थारुहरुलाई उद्धघोषण तालिम गराई बिभिन्न मिडिया हाउँसबाट बोल्न लगाएर भाषा संरक्षणकालागी तालिम सञ्चाल गर्न लागेको शाखा सुनसरीका सचिव सुनिल चौधरीले बताए । थारु पत्रकारको संख्या बृदिबाट थारुहरुको संस्कार संस्कृति खोजमुलक भई बाहिर प्रस्फुटन हुने भएकाले तालिमको आवश्यत्ता महसुसगरी शाखा सुनसरीले योजना ल्याएको सुनसरीका सचिव चौधरीले बताए । त्यसैगरी थारु पत्रकार संघको उपत्यकागरी १४ जिल्लामा जिल्ला समिति गठन भईसकेको हुदा केन्द्रिय महाधिवेशन सुनसरीमा गर्न गराउन उपत्यका समिति संग समन्बय गर्ने समेत निर्णय गरेको सचिव चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen