सुनिल चौधरी
झुम्का, जेठ २७ । रामधुनीका वडा नागरीकमञ्च,टोलबिकास संस्थाका महिला प्रतिनिधिहरुलाई लेखा योजना सिकाईकालागी सुक्रवार देखि ३ दिने लेखा ब्यवस्थापन तालिम सुरु गरेको छ । महिला नगर सञ्जाल र नगर दलित सञ्जालको आयोजना तथा नगरपालिकाको सहयोगमा लेखा प्रणालीका ब्यवस्थाहरु जानकारीगराई संस्था चुस्त राख्न सञ्चालन गरेको महिला सञ्जालकी अध्यक्ष राधा भट्टराईले जानकारी दिईन् । सो तलिममा अशोक गीरि,हर्षलाल चौधरी,करुणा भट्टराई,मनोज शाह लगायतले सहजिकरण गरिरहेका छन् । बिभिन्न बिषयगत समितिका ४० जना महिलाहरुको तालिममा सहभागी रहेको छ ।