सुनिल चौधरी
झुम्का,जेठ २७ । रामधुनी नगरलाई स्वच्छ र सफा राख्न स्थानिय नगरवासीलाई जनचेतनाकालागी सञ्चालन गरेको सरसफाई सप्ताहब्यापी कार्यक्रम सुक्रवार सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत चरणबद्धरुपमा सरसफाई सम्बन्धि अन्तकृया,बिरुवा बितरण,बृक्षारोपन,डस्बिन बितरण लगायत पुर्ण सरसफाई टोल घोषणा भएका टोलहरुलाई अनुगमन गर्दै सम्पन्न भएको सरसफाई नगर संयोजक रबिन ठाकुरले बताए । ४५ औ बिश्व वातावरण दिवसको अवसरमा जिल्ला समन्बय समितिका वातावरण अधिकृत पुष्प नारायण चौधरीले झुम्का बजारको चौकमा बृक्षारोपनगरी सप्ताहब्यापी सरसफाई सुरु गरेका थिए ।