झुम्का,जेठ १६ । रामधुनीको वडा नं. ६ र ७ साबिक बक्लौरी गाबिसमा अपाङ्ग मैत्रि कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसर पारेर सोमवार अपाङ्ग संरक्षण समाजले बिरुवा बितरण तथा सरसफाई सम्बन्धि एक दिने गोष्ठि सम्पन्न गरेको हो ।
“हामि सबैको चाहना अपाङ्ग मैत्रि नगरको परिकल्पना” नारा सहितको सम्पन्न कार्यक्रमबाट अपाङ्ग भएका ब्यक्तिहरुको घर परिवारलाई उन्नत जातको फलफुलका बिरुवा बितरण गरेको हो । बक्लौरीका १७० जना घर परिवारलाई बिरुवा उपलब्ध गराएको समाजका कोषाध्यक्ष गंगा चौधरीले बताईन् । उनीहरुले बचत पनि संकलन गर्ने गरेको छ । आफनो ईच्छा अनुसार रु ५० भन्दा बढि बचत गरीरहेका छन् ।