सुनिल चौधरी
झुम्का,जेठ १५ । राज्यले २०७४ कालागी नयाँ शैक्षिक शत्रमा भर्ना अभियान चलाई रहदा रामधुनीमा मुसहर बस्तिका बालबालिकाहरु बिध्यालय भर्ना भएका छन् । नगरपालिको सहकार्य र नगरबाल संरक्षण तथा सम्बद्र्धन उपसमितिको अयोजनामा वडा नं. ४ लालपुरमा रहेको मुसहर बस्तिबाट २० बालबालिकालाई आईतवार रामधुनी मा.बि.मा भर्ना गरेको सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताए ।
बिध्यालय भर्ना भएका सबै बालबालिका अति बिपन्न परिवारका हुन् । उनीहरुलाई प्रोतसाहनकालागी भर्ना संगै स्कुल पोसाक र शैक्षिक सामाग्री समेत बितरण गरेको बिध्यालयका प्रधानाध्यापक पुर्णलाल चौधरीले बताए । सरकारले विद्यालयमा टिकाइराख्न निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, दिवा खाजा, अनौपचारिक प्राथमिक शिक्षा, वैकल्पिक शिक्षा र प्राथमिक बाल शिक्षा कार्यक्रम जस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको छ । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान वैशाख २ गतेदेखि देशभर एकैसाथ सुरु गरेको छ । शिक्षा विभागले विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी र सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्यका साथ यस वर्षको अभियान सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen