सुनिल चौधरी

झुम्का,जेठ १५ । रामधुनी वडा नं. ३ पिप्राहा स्थित रहेको सामुदायीक पञ्चायत मााध्यमिक बिध्यालयमा आईतवार छात्रबृति बितरण गरेको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीको निर्दैशन र गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय ब्यापीरुपमा छात्रबृति बितरण अन्तर्गत दलित छात्रबृति, छात्राछात्र र माध्यमिक छात्रबृति बितरण गरेको बिध्यालयका प्राधनाध्यापक राजेन्द्र न्यौपानेले जानकारी दिनु भयो ।
कक्षा १ देखि ८ सम्म छात्राछात्र र दलित छात्रबृति त्यसैगरी कक्षा ९ र १० का बिध्यार्थिहरुलाई माध्यमिक र दलित छात्रबृति बितरण गरेको हो । छात्रबृति शिक्षा कार्यालय सुनसरीको शाखा अधिकृत शम्भु प्रसाद पाण्डेले बिपन्न तथा जेहेन्दार एकसय जना बिध्यार्थिहरुलाई रु चार सयका दरले उपलब्ध गराएको छ । बिध्यालयकै उतकृष्ट बिध्यार्थिलाई गोल्ड मेडल तथा छात्रबृति प्रदान गरेको जनाएको छ ।
बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजनारायण चौधरीको सभापतित्वमा भएको बितरण कार्यक्रम्मा अभिभावकहरुको पनि उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen