सुनिल चौधरी
झुम्का,जेठ ६ । पुर्वको पत्रकारहरुको क्षमता बिकासकालागी ईटहरीमा सुचना तथा सञ्चार मन्त्रालयको सुचना बिभागबाट ३ दिने सेवाकालिन पत्रकारीता तालिम सनिवार सम्पन्न गरेको छ । बिभिन्न मिडियामा सामाचार शाखामा कार्यरत पत्रकारहरुको सामाचार सम्पादन बिकासकालागी महाँ संघ सुनसरीको संयोजकमा सम्पन्न भएको हो ।
तालिमामा सामाचार लेखनमा आएका कठिनाई,लिड,एङ्गल तथा फिचर लेखन सम्बन्धि तालिम दिदै आचारसंहिताको बारेमा जानकारी गराएका थिए । त्यसैगरी छुट्टाछुटै रुपमा पत्रिका,टेभिजन,रेडियोमा लेख्ने सामाचार,अन्तवार्ता लिने तरिका, राष्ट्रिय स्तरमा लेखिने सामाचारको बारेमा बताएका थिए । तालिम बिजय मिश्र,शुरेस आचार्य र भिम आचार्यले तिन दिन तालिम दिएको हो । समापनमा भिम आचार्यले बोल्दै तालिम लिनु महत्व पुर्ण होईन यसलाई ब्यबहारमा उर्तार्नु महत्वपुर्ण कुरा भएको बताउनु भयो ।
तालिममा सुनसरी मोरंग,झापा र धनकुटाबाट ४० जना पत्रकारहरुको सहभागीता रहेको थियो भने समापनमा सहभागी सबैलाई सुचना बिभागबाट प्रमाण पत्र उपलब्ध गराएका थिए । रेडियो रामधुनीबाट सामाचार शाखाका प्रमुख सुनिल चौधरी र नबिन चौधरी सहभागी भएका थिए ।