झुम्का,बैशाख १४ । थारु पत्रकार संघ जिल्ला कार्य समितिको बुधवार रामधुनीको झुम्कामा पहिलो पदस्थापन भएको छ । संघका केन्द्रिय सल्लाकार तथा नेपाल पत्रकार महा संघ केन्द्रिय सदस्य लक्की चौधरीको उपस्थितीमा पदस्थापन भएको हो ।
निर्वाचन मण्डल समितिका प्रमुख तेजनारायण चौधरीको सभापतित्वमा भएको पदस्थापन कार्यक्रममा संघका केन्द्रिय सल्लाकार चौधरीले अध्यक्ष कुलदिप चौधरी,उपाध्यक्ष निशान चौधरी,सचिव सुनिल चौधरी,सह सचिव एल एन गच्छदार,कोषाध्यक्ष आरति चौधरी लगायत सदस्हरुलाई प्रमाण पत्र हस्तान्तरण गर्दै पदस्थापन गरेको हो । संघ सुनसरी जिल्लाको समिति कार्तिक ६ गते सर्व सहमतिले गठन भएको हो । पदस्थापन कार्यक्रममा केन्द्रिय सल्लाकार चौधरीले संघबाट महा संघमा छिटै दर्ता गरीने बताए । उहाँ अनुसार आठ ओटा जिल्लामा शाखा गठन भए महा संघमा दर्ता हुने हुदा अहिले १३ ओटा जिल्लामा गठन भई सकेको बताए ।
त्यसैगरी थारु पत्रकार संघ जिल्ला कार्य समितिको आयोजनामा सोहि कार्यक्रमको दोस्रो चरणमा सिरुवा पर्वको महत्वबारेमा अन्तकृया कार्यक्रम गरेको छ । सिरुवा पर्वको मौलिकता बिस्तारै लोप भईरहेको बक्ताहरुले जोड दिए । कार्यक्रममा लक्कि चौधरी,रामराज चौधरी,संकरलाल चौधरी,तेजनारायण चौधरी,सिता चौधरी,केशिलाल चौधरी,शुसिला चौधरी,धिरेन्द्र चौधरी,आशा चौधरी लगायत थारु मलिा उत्थान समाज रामधुनी र थारु महिला सभा ईनरुवा,ईटहरी,रामधुनी नगरका अध्यक्षहरुले सिरुवा पर्वको बारेमा बोलेका थिए ।
अन्तकृयामा थारु कल्याण कारीणी सभा रामधुनी नगर ईकाई, थारु महिला उत्थान समाज रामधुनी, सहयोग रहेको थियो भने फोनिज सुनसरीको सहकार्यमा सम्पन्न भएको हो ।

18155261_1935702469982008_1758949630_n 18197551_1935702796648642_1321543068_n18143085_1935702586648663_1076249173_n  18155437_1935702876648634_273661751_n 18190945_1935702439982011_2076863015_n 18191450_1935702969981958_1539712198_n 18197222_1935702466648675_873005023_n

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen