सुनिल चौधरी
झुम्का,बैशाख ३ । रामधुनीको झुम्का स्थित रहेको रेडियो रामधुनी एैतिहासि धार्मिक स्थलको नामबाट भासि गाबिसबाटै प्रसारण सुरुगरेको रेडियो चौथो बर्ष पुरागरी पाँचौ बर्षमा प्रवेस गरेको छ । “समृद्ध समाजकालागी समावेसी आवाज आफनो स्लोगन संगै पुर्वाञ्चलका स्रोताहरुमा आफनो छुट्टै स्थान बनाई २०७४ साल बैशाख १ गतेबाट पाँचौ बर्षमा प्रवेस गरेको हो ।
देशमा भईरहेको राजनितिक अस्थिरता, ६ महिने बन्द हडताल,आन्दोलन लगायतका चुनौति र समस्या झेल्दै २०७० बैशाख १ गते प्रसारण सुरुगरेको रेडियो एकान् नब्बे दशमलव नौ मेगाहर्जबाट नियमितरुपमा अहिले सम्म आफनो प्रसारण स्रोता माझ दिईरहेको छ । पुर्बाञ्चलमा मिश्रीत जातजातीको बसोबास रहेकाले सबैको संस्कार,संस्कृति, भाषा भेष तथा स्थानिय घटना,बिकासका खवरलाई प्राथमिक्तामा राख्दै पुर्वाञ्चलको दशलाख स्रोताको मन मुटुमा बस्न सफल रेडियो रामधुनी सबैलाई सामान्ताको दृष्टिले हेर्दै अगाडि बढने संस्थापक अध्यक्ष रामकुमार चौधरीले बताए । कुनै जातिय,राजनितिकदलको आग्रह पुर्वाग्रहको प्रभाव तथा छायाँ परछायाँ समेत नरहेको स्वतन्त्र रुपमा रेडियोले समाज समृदिकालागी अगाडी बढिरहेको अध्यक्ष चौधरीले बताए ।
समाजमा रहेको रुढिवादि,अन्धविश्वास,कुसंस्कार,बिकृति,बिरुद्ध खवर प्रवाहगरी सचेत गराई रहेकाले स्रोताहरु दिन प्रतिदिन बृद्धि भईरहेको छ । त्यसैगरी कृषि,रोजगार,स्वस्थ्य,शिक्षाको बिषयमा जनचेतना मुलक रेडियो कार्यक्रमहरु प्रतयेक दिन छुट्टा छुट्टै समयमा बिहान ००ः५ बजे देखि राति १०ः०० बजे सम्म प्रसारणगरी स्रोताहरुलाई प्राबिधिक पाटोमा शुसुचित गरादै आएको छ । गाबिसबाट प्रसारण सुरु गरेको रेडियो स्थानियनिकाय पुनसंर्चना हुदै रामधुनी नगरपालीका हुदा र हाल आएर स्थानिय तह घोषणाहुदा सम्मको बिकासका काममा निस्वार्थ योग्दाने रहेको नगरपालिकाको सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताए । चार बर्ष देखि झुम्का क्षेत्रमा मिडिया हाउसको अनुभुति गराईरहेका रेडियो रामधुनी झुम्का बजार बिस्तारमा अह्म भुमिका खेलेको झुम्का उधोग बाणिज्य संघका महा सचिव सुजित रायले बताए ।
बिद्युतिय संचार माध्यमहरु धमाधम खुली रहेका बेला यस रेडियोले अबका दिनमा क्षमता बिस्तार,समसामायीक स्थानिय खवर, स्रोताहरुको सुझाव तथा बिज्ञापनदाताहरुको सहकार्य र अन्य मिडिया तथा संचार माध्यमहरुसंगको समन्बय गर्दै स्वच्छ,निष्पक्ष,सत्य,तथ्य सुचना शन्देस प्रसारण गर्दै रहने छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen