झुम्का,बैशाख ३ । थारु महिला उत्थान समाज रामधुनीले सिरुवा पर्व र जुड सितलकोे अवसरमा सनिवार सुभकाना अदान प्रदान कार्यक्रम गरेको छ । पुर्वि तराइमा धार्मिक आस्थाले मनाउदै आएको पौराणिक संस्कार संरक्षणकालागी समाजले जुड सितल मनाएको हो ।
उत्थान समाजकी अध्यक्ष सिता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित अतिथी,संस्थाका सदस्यहरुले ठूलालाई खुट्टामा जल चढाई ढोगी र सानालाई जलले टाउकोमा थप्थपाई आर्शीवाद दिई एक आपसमा जुड सितल मनाएको छ । जुड सितलमा बिहानै आफना आफन्त आफुभन्दा ठुलो तथा जेष्ठ नागरीकबाट एका बिहानै पानि छ्यापेर जुराउँदा बैशाखको सुर्यको किरणबाट मनमष्तिकमा हुन सक्ने असन्तुलनलाई रोक्ने र बर्षैभरी मस्ष्तिक सितल रहने विस्वासका साथ यो पर्व मनाउने गरीन्छ ।
सो कार्यक्रममा प्रमुख अथिति थारु महिला सभा सुनसरीका अध्यक्ष सुशिला चौधरी, थाकसमा केन्द्रिय सल्लाहकार रामराज चौधरी, समाजसेबि जयप्रकाश चौधरी, थाकस सुनसरीका सचिब मनोज चौधरी, थाकस रामधुनीका अध्यक्ष राजकुमार चौधरी, फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरी, थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरी, ममता चौधरी,युवा नेता महेश चौधरी,कोषाध्यक्ष आशा चौधरी लगायतका वक्ताले सिरुवा पर्ब र जुडसितलको महत्व बारे चर्चा गरेका थिए ।