सुनिल चौधरी
झुम्का,बैशाख ३ । रामधुनीको झुम्का बजारमा सनिवार राति एक पसलमा आगलागीहुदा कपडा तथा सरसमान जलेर नष्ट हुदा १० लाख बराबरको क्षत्ति भएको छ । रामधुनी वडा नं. ५ मा रहेको दादुराम स्टोर्समा आगलागीहुदा पसलमा रहेको सर समान कपडाहरु जलेर नष्टहुदा ठुलो क्षतिभएको हो । आगलागी राती करीब ८ः३० बजे भएको स्थानियहरुले बताएका छन् ।
क्षति के कति भयो त्यसको विवरण आई नसकेकाले यकिनहुन सकेको छैन् । आगलागी बिधुत सर्ट भई हुन सक्ने आकलन गरीएको छ । आगो नियन्त्रण स्थानिय,नेपाल प्रहरीले बालुवा र पानिले नियन्त्रणमा लिईरहेकै अवस्थामा ईटहरी र ईनरुवाबाट आएका दमकलले पुर्ण रुपमा नियन्त्रण लिएको इलाका प्रहरी पकलीका प्रमुख शान्तराम कार्कीले बताउनु भयो ।